‘दासढुंगा’ च्याप्टर २ बन्ने

- साप्ताहिक संवाददाता

जेष्ठ ८, २०७६

 

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सगंठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा दुर्घटनामा निधन भएको धेरै बर्ष भयो । यो घटनाको अझै रहस्य खुलेको छैन ।

सोहि घटनामा आधारित चलचित्र ‘दासढुंगा’ को च्याप्टर २ निर्माण हुने भएको छ । सन् २०१० मा रिलिज भएको चलचित्रलाई मनोज पण्डितले निर्देशन गरेका थिए, सिक्वेल भने उनलाई कुमार भट्टराईले निर्देशन गर्ने भएका छन् ।

केहि दिन अघि निर्माण टिमले चलचित्रको थिम पोस्टर सार्वजनिक गरिएको थियो । दासढुंगा काण्डपछि त्यसको प्रत्यक्ष असर पारेका क्षेत्रको कथालाई ‘दासढुंगा २’ ले उठाउने र यसका लागि अहिले अनुसन्धान भइरहेको निर्माता अपिल विष्टले जानकारी दिए । उनका अनुसार यो सिक्वेलले दासढुंगा घटनाका बारेमा थप चिरफार गर्नेछ ।

चलचित्रलाई कुशल पाण्डे, दीपक ओली, प्रकाश केसी लगायतले निर्माण गर्नेछन् । दासढुंगामा सौगात मल्ल, अनुप बराल, संचिता लुइँटेल, दयाहाङ राईलगायतको अभिनय थियो । सिक्वेलमा भने अहिलेसम्म फाइनल गरिएको छैन  निर्माण टिमले चाँडै चलचित्रका बारेमा जानकारी गराउने जनाएको छ ।

प्रकाशित :जेष्ठ ८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्