एक्सीलेन्स अवार्ड २०१९ 

- साप्ताहिक संवाददाता

जेष्ठ ८, २०७६

 

गएको सोमबार मलेशियाको क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टल इन्टरनेसनलमा संचालन भएको इन्टरनेसनल एक्सीलेन्स अवार्ड २०१९ मा विभिन्न क्षेक्रमा लामो समयदेखिको सत्रियता र महत्वपूर्ण उपलब्धी हासिल गरेका १६ जना नेपालीहरु उक्त अवार्डबाट सम्मानीत भएका छन् ।

अवार्ड विजेताहरुलाई सो कार्यक्रमका प्रमुख अतिथि मलेशियाका लागि नेपाली राजदूत उदय राज पाण्डेले पुरस्कृत गरेका थिए । सो कार्यक्रममा अवार्डका लागि मलेशिया पुगेका १६ जना नेपालीहरु विभिन्न १६ विधामा पुरस्कृत भएका थिए । 

सो कार्यक्रममा बर्ष २०१९ को उत्कृष्ट कला र ग्राफिक डिजाइनरमा बिशाल चौधरी, उत्कृष्ट युवा महिला उद्यमीमा शान्ति लिम्बु, उत्कृष्ट बहुमुखी गायकमा दिनेश थापा, उत्कृष्ट युवा प्रेरणा सामाजिक कार्यकर्तामा निता राउत, उत्कृष्ट महिलामा एलिना तुलाधर, उत्कृष्ट फोटोग्राफरमा राजन काˆले, उत्कृष्ट ब्युटिसियनमा गोपी माया थुलुङ्ग, उत्कृष्ट फेसन डिजाइनरमा राधा ढकाल सापकोटा, उत्कृष्ट समाचार लेखनमा लक्ष्मी खतिवडा, उत्कृष्ट सामाजिक कार्यकर्तामा छमकला बुढाथोकी, उत्कृष्ट विवाह फोटोग्राफीमा मोहम्मद शहनवाज, उत्कृष्ट ब्यबसायिक अर्न्तराष्ट्रिय बडी बिल्डरमा महेश्वर महर्जन, उत्कृष्ट बंगलादेश फोटोग्राफरमा सलमा अहमद, उत्कृष्ट अर्न्तराष्ट्रिय सिनेमाग्राफरमा बिष्णु प्रसाद घिमिरे, उत्कृष्ट अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफरमा साप्ताहिकर्मी तथा कोरियोग्राफर रोजिन शाक्य र उत्कृष्ट बरिष्ठ फोटोपत्रकारमा राजेन्ऽ चित्रकारले अवार्ड प्राप्त गर्नु भएको थियो । 

सिजन मिडियाको आयोजनामा ल्यान्टर्न एड्भरटाइजिङको सहकार्य रहेको सो कार्यक्रममा मलेसियाका स्थानीय नेपाली शंकर बहादुर पौडेललाई दोसल्ला र सम्मान पक्र सहित बिशेष सम्मान गरिएको थियो । कार्यत्रममा एनआरएनए मलेशियाका अध्यक्ष खगेन्द्र न्यौपाने विशेष अतिथिका रुपमा उपस्थित थिए । 

 

प्रकाशित :जेष्ठ ८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्