कभर पेजमा छाउनुको मज्जा

- साप्ताहिक संवाददाता

जेष्ठ ८, २०७६

स्टार बेसबल खेलाडी रब ग्रोन्कोस्कीकी गर्लफ्रेन्ड क्यामिल कोस्तेकको खुसीको सीमा छैन आजकाल । स्पोर्ट्स इलुस्ट्रेटेड म्यागजिनले उनको स्विमसुटको तस्बिर कभर पेजमा राख्ने भएपछि उनी खुसीले झुमेकी छिन् ।

म्यागजिनका सम्पादक एमजे डेले ‘अ स्टार इज बोर्न’ नामक भिडियो पोस्ट गरेर उक्त खबर सार्वजनिक गरेका थिए, जसमा क्यामिलले बिकिनीमा फोटोसुट गरेको भिडियो समेत छ । अन्त्यमा पत्रिकाको कभर पेज कम्प्युटर स्क्रिनमा आउँदा क्यामिल आफैं दंग पर्छिन् अनि उनी खुसीले रुन्छिन् । उक्त भिडियो र कभर पेजको पोस्टरले सोसल मिडियामा निकै चर्चा पाएको छ ।

क्यामिलमा पहिलेदेखि नै मोडल बन्ने सपना थियो, तर पनि धेरै एजेन्सीले उनी मोटी भएकाले तौल घटाएर आउन सल्लाह दिन्थे । यद्यपि बेसबलर रोब भने उनी त्यही तौलमा ठीक भएको बताउँथे । चार वर्ष पहिलेसम्म क्यामिल रोबको बेसबल टिमको चियरलिडर थिइन् । कुनै समय उनले टीभी पत्रकारका रूपमा समेत काम गरेकी थिइन् । 

प्रकाशित :जेष्ठ ८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्