गाल्जेमा मार्सीको स्वाद

- साप्ताहिक संवाददाता

जेष्ठ ८, २०७६

निभा गल्ली, चिप्लेढुङ्गा, पोखरामा मार्सी चामलको स्वाद चाख्न पाइन्छ । हालसालै सञ्चालनमा आएको गाल्जे रेस्ट्रो एन्ड बारले जुम्ला, कालिकोट तथा बाजुरामा फलेको मार्सी चामलको खानालाई प्राथमिकता दिँदै सेवा सुरु गरेको हो । 

त्यहाँ जुम्लाकै सिमीसमेत उपलब्ध हुन्छ । मार्सी भेज थालीको २ सय ८० रुपैयाँ, मार्सी चिकेन थालीको ३ सय ८० रुपैयाँ, मार्सी ग्रिल चिकेन थालीको ४ सय २० रुपैयाँ तथा मार्सी मटन थालीको ४ सय ५० रुपैयाँ शुल्क तिर्नुपर्छ । 

अर्डर गरेको ३० मिनेटमा मार्सी खाना तयार हुन्छ । नेपालमै फलेको अन्न ख्वाउने उद्देश्यले यो रेस्ट्रो सञ्चालनमा ल्याइएको हो । बिहान ६ बजेदेखि राति ११ बजेसम्म खुल्ने यो रेस्टुराँमा एकपटकमा ५० जनासम्मलाई खाना ख्वाउन सकिन्छ ।

 गाल्जेमा शुक्रबार र शनिबार लाइभ म्युजिकको तालमा रम्ने अवसर पाइनेछ भने नेपाली कला संस्कृतिको जर्गेना गर्दै युवा पुस्तामा संस्कृति हस्तान्तरण गर्न संगीत सारंगी, बाँसुरी, हार्मोनियम, तबला आदिको प्रयोगमा जोड दिइनेछ । 

प्रकाशित :जेष्ठ ८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्