हङकङमा साकेला उभौली

- अनोज रोक्का

जेष्ठ ७, २०७६

किरात राईहरुको महान पर्व साकेला उभौली हङकङमा धुमधामका साथ मनाईएको छ । हङकङकै अग्लो डाडाकोरुपमा परिचित ताईमोसान डाँडामा किरात राईहरुसँगै गैह्राई समुदायका हङकङेलीहरुको जमातले उभौली पर्व मनाएको हो ।

विगतका बर्षहरुझै यस वर्षपनि उभौली पर्वलाई विदा गर्नका लागि विहानैबाट आफ्नो जातिय भेषभुषा, स्याउला, ढोल, झ्याम्टा सहित किरातीहरु भेला भएका थिए । किरात राई यायोक्खा हङकङको आयोजनामा सम्पन्न उभौलीमा पनि युवापुस्ताको आकर्षण अत्याधिक रहेको सहभागीहरुले बताए । हरेक बर्ष उधौली र उभौलीलाई हर्षोउल्लासका साथ मनाईरहेका छौ, ब्यस्त समयको बापजुत पनि नयाँ पुस्तामा हाम्रो पुरातन धर्म, संस्कृतिप्रति जुन आकर्षण र सद्भाव बढिरहेको छ, यसले हाम्रो मौलिकतालाई थप संरक्षण गरेको महशुस हुन्छ फोटो पत्रकार मज्जाको राई बताउँछन् ।

प्रकृति पुजक किरात राईहरुको प्रमुख चाड उधौली र उभौली बर्षमा दुईपटक मनाईन्छ । मंसिर पुर्णिमामा उधौली र बैशाख पुर्णिमामा उभौली मनाउँदै चाडलाई विदा गरिन्छ । चुला पुजा गरेपश्चात सार्वजनिक ठाउँमा स्थापना गरिएको साकेला थानमा गई मुन्धुमअनुसार पुजाअर्चना गर्दै चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिक्कौली सेउली लिएर गोेलो घेरा बनाएर सोई ढोले सोई भन्दै सिली माङपाको निर्देशनअनुसार ढोल, झयाम्टाको तालमा नृत्य गरिन्छ ।

किराती राईहरुले सुन्निमा र पारुहाङलाई आफ्नो आराध्य आदिपुर्खाकोरुपमा मानी उनीहरुलाई आकाश र धरतीको प्रतिककोरुपमा पुजा गर्दछन् । पछिल्लो समय उधौली र उभौलीलाई संसारैभरि छरिएर रहेको किरातीहरुले उल्लासका साथ मनाउने गरेको पाईन्छ । 

प्रकाशित :जेष्ठ ७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्