नहोस् ह्याट्रिक 

- साप्ताहिक संवाददाता

जेष्ठ ७, २०७६

अभिनेत्री शिल्पा मास्केले अभिनय गरेका दुई चलचित्र अघिल्लो वर्ष नै प्रदर्शन भैसकेका छन् । द ब्रेकअप तथा कागजपत्र शीर्षकका दुई चलचित्र केही साताको अन्तरमा प्रदर्शन भएका थिए । दुवै चलचित्र व्यवसायिक रूपमा असफल भएपनि शिल्पाको अभिनयले प्रशंसा पायो । द ब्रेकअपमा उनले अभिनेता आशिरमान देशराज जोशीसँग गरेको लिप किसलाई लिएर थुप्रै गसिप बने ।

शिल्पा यतिबेला आशिरमानकै दाजु अभिनेता आयुष्मान देशराज जोशीसँग अनस्क्रिन रोमान्स गर्दैछिन् चलचित्र ‘सानो मन’ का लागि । शिल्पाको अभिनय करियरका लागि भए पनि असार २० गते प्रदर्शन हुने उक्त चलचित्र सफल हुनुपर्नेछ । यदि उक्त चलचित्र पनि चलेन भने शिल्पाले असफलताको ह्याट्रिक नै गर्नेछिन् ।

यद्यपि, चलचित्रका गीत तथा केही प्रचार सामग्री सार्वजनिक भैसकेपछि शिल्पा यो चलचित्रको सफलताप्रति आशावादी छिन् । हालै सार्वजनिक रानु कम्मर शिर्षकको गीत यतिबेला दर्शकको रोजाइमा परेका छ, जहाँ शिल्पाले आकर्षक शैलीमा नृत्य गरेकी छिन् । चलचित्र सानो मनको निर्देशन विदेशमा चलचित्रको अध्ययन गरेका सुयोग गुरुङ गरेका हुन् । 

प्रकाशित :जेष्ठ ७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्