ताराको खुसी 

- साप्ताहिक संवाददाता

जेष्ठ ६, २०७६

करण जौहरको पछिल्लो चलचित्र ‘स्टुडेन्ट अफ द इयर–२’ बाट बलिउडमा इन्ट्री गरेकी मोडल तारा सुतारिया चलचित्रमा आफ्नो भूमिका र चलचित्रको सफलतासँगै निकै उत्साहित छिन् ।

चलचित्रमा टाइगर श्राफ र अनन्या पाण्डेसँग स्क्रिन सेयर गरेकी ताराले चलचित्रमा आफ्नो भूमिकाप्रति न्याय भएको प्रतिक्रिया दिएर चलचित्रकर्मीहरुको समेत मन जितेकी छिन् ।

सायद, यही कारणले होला निर्देशक मिलन लुथरियाले आफ्नो नयाँ प्रोजेक्ट ‘आरएक्स–१००’ मा तारालाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन् । 

प्रकाशित :जेष्ठ ६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्