स्कुल कलेजमा ‘कुम्भ करण’ टिम

- साप्ताहिक संवाददाता

जेष्ठ ५, २०७६

 

आकाश पल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘कुम्भ करण’ टिम आफ्नो रिलिज डेट नजिकिएसँगै तिब्र प्रचारप्रसारमा उत्रिएको छ । निर्माण टिम अहिले राजधानिका विभिन्न स्कुल तथा कलेज केन्द्रित प्रचार अभियान थालेको हो ।

चलचित्रका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउने उदेश्यले एक हप्तादेखि निरन्तर स्कुल–कलेजमा प्रचार प्रसार थालिएको वितरक करण श्रेष्ठले जानकारी गराए । उनले आगामी केहि दिन यो किसिमको प्रचार प्रसारलाई निरन्तरता दिने बताए । काठमाण्डौंमा प्रचार प्रसार सकिएपछि राजधानि बाहिर जाने उनले बताए ।

आगामी १७ जेठमा प्रदर्शन मिति लक गरेको यो चलचित्रमा अभिनेता गौरब पहाडी, भोलाराज सापकोटा, निशा अधिकारी, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा छेत्री, सुधब थापा लगाएतको अभिनय देख्न सकिनेछ ।

चलचित्रका पोस्टर तथा टे«लर सार्वजनिक भैसकेका छन् भने दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

चलचित्रमा महेश दवाडीको पटकथा संवाद, गोबिन्द मधुर आचार्यको संगीत र कोरियोग्राफीमा सुनिल बसेल छन् । चलचित्रलाई हरि घले लामाले खिचेका छन भने सम्पादन मिलन श्रेष्ठको रहेको छ । चलचित्रलाई दिपक ओलीले निर्देशन गरेका हुन् ।

प्रकाशित :जेष्ठ ५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्