सच्चा फ्यान

- साप्ताहिक संवाददाता

जेष्ठ ५, २०७६

अहिले सामाजिक सञ्जालहरूतिर विशेष गरी युट्युबमा भाइरल एउटा विषय राजेश हमालको सन्तान नहुनु पनि हो । यो विषयमा अध्येताहरूले निकै गहन अध्ययन–अनुसन्धान गर्न भ्याइसकेका छन् ।

अचम्म त के छ भने सन्तान नभएको वा योजना नबनाएको जति पीर स्वयं राजेश र मधु हमाललाई परेको छैन, त्योभन्दा ठूलो पीर यी अध्येताहरूलाई छ । हो, यसैलाई भन्छन्– सच्चा शुभचिन्तक ।

अब हमालले आफ्ना सच्चा फ्यान खोज्न अरू कतै जानै पर्दैन, यिनै अध्येतालाई समाते भयो, जो उनको सन्तान नभएको चिन्तामा धुरुधुरु रोइरहेका छन् ।

प्रकाशित :जेष्ठ ५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्