देवी घर्तिको आवाजमा मायालु बोले हुन्थ्यो 

- साप्ताहिक संवाददाता

जेष्ठ ४, २०७६

तेजु परियार र देवी घर्तीको आवाजमा समावेश पञ्चेबाजा गीत ‘मायालु बोले हुन्थ्यो क्यारे’ सार्वजनिक भएको छ । यो गीतमा अनिल खनालको शब्द तथा संगीत छ ।

गीत बिहेको माहोलमा घन्किने अपेक्षा गर्न सकिन्छ । यो गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।

भिडियोमा रमेश थापा, सुरु गिरी, अनिल खनाल र रुसा तमाङको अभिनय छ । मनोज खत्रीको सम्पादन रहेको भिडियोमा करण चौसिरको छायांकन छ ।

गीतको म्यूजिक भिडियो :

 

प्रकाशित :जेष्ठ ४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्