बिक्रम बरालको सम्बन्धमा दुरी

- साप्ताहिक संवाददाता

जेष्ठ ३, २०७६

 

नेपाल आईडल दोस्रो सिजनबाट चर्चामा रहेका गायक बिक्रम बरालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । नारायण गौतमले लेखेको एक मार्मिक गीतमा उनले आवाज भरेका हुन् । ‘तिम्रो मेरो बीचमा यो कस्तो दुरी बन्यो’ बोलको गीतमा चर्चित संगीतकार हरि लम्सालले संगीत भरेका छन् । हरि लम्सालले पछिल्लो समय संगीत दिएको तथा मेलिना राईसँग गाएको ‘परानै दिन्छु’ बोलको गीत पनि निक्कै चर्चामा छ । 

सार्वजनिक पछिल्लो गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ । गीतको म्यूजिक भिडियोमा गायक बिक्रम बरालले अभिनय समेत गरेका छन् ।  निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा बराललाई प्रियंका खड्काले अभिनयमा साथ दिएकी छिन् । बालकलाकार मानभी खड्काले पनि भिडियोमा अभिनय गरेकी छिन् । 

बुद्ध थापाको छायांकन रहेको म्यूजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । 

तिम्रो मेरो बीचमा दुरीको म्यूजिक भिडियो :

प्रकाशित :जेष्ठ ३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्