सितिमिति आँसु झर्दैन

- साप्ताहिक संवाददाता

जेष्ठ २, २०७६

चलचित्र ‘यात्रा’बाट नेपाली चलचित्र उद्योगमा पाइला चालेकी अभिनेत्री हुन्– मलिका महत । उनले डेब्यु चलचित्रबाटै राम्रो संभावना देखाएकी छिन् । भर्खरै १९ वर्ष लागेकी यी अभिनेत्रीले आफ्ना केही सेक्रेट कुरा महेश तिमल्सिनालाई यसरी सुनाइन् :

पिरो खानेकुरा मनपर्छ 

मलाई पिरो खानेकुरा असाध्यै मन पर्छन् । मेरो घरपरिवारमा भने कसैले पनि पिरो रुचाउनु हुँदैन । पिरो खाने भनेर म खुर्सानी नै त चपाउँदिन, तर तरकारी होस् वा पानीपुरी–चटपटे आदि खाँदा पिरो पुगेन भने धुलो खुर्सानी थपेर खान्छु । 

आँखाबाट सितिमिति आँसु झर्दैन 

म शारीरिक रूपमा अलि कमजोर देखिए पनि मानसिक रूपमा बलियो छु । किनभने म स–साना कुरामा इख राख्दिनँ । यो मेरो सानैदेखि बानी हो । म भूतदेखि पनि डराउदिनँ । रुवाउने खालका चलचित्र हेर्दा पनि मेरा आँखाबाट सितिमिति आँसु झर्दैनन् । 

फेभरेट कलर छैन 

मलाई धेरै साथीभाइले तिम्रो फेभरेट कलर कुन हो भनेर सोध्छन्, तर मेरो कुनै फेभरेट कलर छैन । मलाई लगाउँदा जे सुहाउँछ त्यही मनपर्छ । त्यसैले मलाई सबै रंग बराबर लाग्छन् । 

अन्तरमुखी स्वभावकी छु 

म जो कोही मानिससँग पनि कुराकानी सुरु गर्न सक्दिनँ किनभने म अन्तरमुखी स्वभावकी छु । यही स्वभावका कारण धेरैले मलाई घमन्डी, धेरै बोल्दिन भन्नुहुन्छ, तर म त्यस्तो खालकी केटी होइन । 

सिंगल छु 

मलाई प्रेम प्रस्ताव धेरै आउँछन्, तर इमान्दारिताका साथ भन्छु, म सिंगल छु । म सानैदेखि प्रेमबाट परै बस्न चाहन्थें । त्यो कारणले पनि मलाई कसैसँग प्रेमसम्बन्धमा बस्न मन छैन । अर्को कुरा मैले आजसम्म आफूलाई मनपर्ने केटा पनि फेला पारेकी छैन । 

मुसादेखि डर लाग्छ 

मलाई सानैदेखि मुसादेखि डर लाग्छ । यदि म बस्ने कोठामा मुसा आयो भने म त्यो कोठामा पस्नै सक्दिनँ । कसैले मेरो छेउमा आएर मुसा मात्र भन्दियो भने पनि म डराइहाल्छु । 

साहसिक काम गर्न मनलाग्छ 

म इमोस्नली तथा मेन्टल्ली बलियो छु जसले गर्दा मलाई साहसिक काम गर्न मनलाग्छ । मलाई साहसिक काम मध्येको बञ्जी जम्प गर्न निकै मन लागेको छ, तर घरपरिवारले त्यो छुट दिएको छैन । 

खानेकुराको पारखी छु 

म हेर्दा स्लिम देखिन्छु, तर म धेरै खान रुचाउँछु । यद्यपि एकैपटकमा धेरै खान्न बेला–बेलामा खाइरहनुपर्छ । 

१९ वर्षकी भएँ 

म कति वर्षकी भएँ भन्ने सबैलाई थाहा नहुन सक्छ । मेरो जन्म २०५७ साल कात्तिक १६ गते भएको हो । त्यसैले म अहिले १९ वर्षमा हिँडिरहेकी छु । 

प्रकाशित :जेष्ठ २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्