ख्यातीप्राप्त कलाकारले हङकङ तताउँदै

- अनोज रोक्का

जेष्ठ १, २०७६

 

गीत, संगित र कलाकारिताका लागि हङकङलाई उर्भरभूमि मानिन्छ । हरेक नेपाली कलाकारको लागि हङकङ सांगितीक भ्रमणको एउटा ड्रिम हो ।

हङकङको नेपाली समुदायमात्र त्यस्तो समुदाय हो, जहाँ हरेक हप्ता केहि न केहि सांगितीक कार्यक्रमहरुको आयोजना भएकै हुन्छ । फरक–फरक भुगोल, समुदायबाट कर्मथलोका रुपमा हङकङ आएका नेपालीहरुले आयोजना गर्ने कार्यक्रमहरुमा निम्प्याईका अतिथी कलाकारहरु त्यहि समुदाय र भुगोलका आमन्त्रित गरिएका हुन्थे ।

हङकङमा रहेको साम्पाङ राई जुम्लेखाले आफ्नो कार्यक्रमलाई समावेशिता बनाएको छ । साम्पाङ साँझ २०१९ को आयोजना गर्दै जुम्लेखा समुहले नेपाली कलाकारितामा अब्बलता कायम गरेका हस्तीहरुलाई हङकङको मञ्चमा उतार्ने भएको छ । कार्यक्रममा आस्था राउत, मनोज गजुरेल, कुलेन्द्र विक, कुशल थलङ्, एलिसा राई, राकेश किरातीको प्रस्तुती रहनेछ । उनिहरुले घण्टौंसम्म उपस्थित दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् ।

पप, लोक, हास्य, नृत्य लगायतका प्रस्तुतीलाई एउटै मञ्चमा यहि १ जुलाई २०१९ का दिन युङ्लोङ थिएटरमा हेर्न सकिनेछ । कार्यक्रम किरात राई सुप्तुलुङ खिम हङकङको भिआईपी शयन कक्ष निर्माण सहयोगार्थ आयोजना गरिएको हो ।

 

प्रकाशित :जेष्ठ १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्