सलमान र क्याटरिना  फेरि सँगै 

- साप्ताहिक संवाददाता

जेष्ठ १, २०७६

कुनै बेला सलमान खानकी प्रेमिका भनिएकी कटरिना कैफले कालान्तरमा सलमानलाई छाडेर रणवीर कपुरको हात समातिन् । रणवीरसँग पनि अलग भएपछि सलमान र कटरिना कैफ एक पटक फेरि सँगै चलचित्रमा देखिने भएका छन् ।

ब्रेकअपपछि पनि टाइगर, टाइगर जिन्दा है तथा भारत (प्रदर्शनका लागि तयार) मा सँगै काम गरिसकेको सलमान र कटरिनाको जोडी अब टाइगर जिन्दा है को सिक्वेल टाइगर—३ मा देखा पर्नेछ । कुनै बेला बलिउडको हटकेक मानिएको सलमान र कटरिनाको जोडीले अहिलेसम्म ६ वटा चलचित्रमा सँगै काम गरिसकेका छन् । 

प्रकाशित :जेष्ठ १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्