गायिका सरस्वती लामाबिरुद्ध प्रहरीमा उजुरी, पुर्वपतीले दिए निवेदन

- साप्ताहिक संवाददाता

वैशाख ३१, २०७६

रक गायिका भन्दै स्टेजमा छाडा रुपमा प्रस्तुत हुने गायिका सरस्वती लामाको बिरुद्धमा प्रहरीमा उजुरी परेको छ । पुर्वपती धनबहादुर लामाले एक करोड बढीको सम्पत्ति लिएर भरार भएको भन्दै प्रहरीमा निवेदन दिएका हुन्, सरस्वती अर्कै पुरुषसँग बिहे गरेको निवेदनमा उल्लेख छ ।

गायिका सस्वतीसँग धनबहादुर लामाले ०६४ मा प्रेम विहे गरेका थिए । काभ्रेपलाञ्चोक मादनकुडारीका लामा ०७१ मा रोजगारीका लागी युएई गएका थिए । उनले कोठामा रहेको १५ लाखभन्दा बढी सम्पत्ति, गरगहना र नगद रकमसहित श्रीमती फरार भएको प्रहरीलाई जानकारी गराएका छन् । यस बिषयमा उनले श्रीमती एक करोड ६ लाखभन्दा बढीको सम्पत्तीसहित हराएको भन्दै प्रहरीमा  निबेदन दिएका छन् ।

उनकै उजुरीका आधारमा प्रहरीले चलचित्र निर्माता पिटर खालिङ र सरस्वतीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । सरस्वती केही समयअघिदेखि चलचित्र निर्माता पिटरसँँग बस्दै आएको बताइएको छ । पिटर र सरस्वती खालिङ चलचित्र ‘द डार्क एन्ड लाइट’ चलचित्र निर्माणका बेलादेखि नजिकिएका हुन् । प्रहरीले यस बिषयमा अनुसन्धान भैरहेको बताएको छ ।

महानगरीय प्रहरी बिट ललितपुर लुभुमा चढाएको निवेदनपत्रमा पुर्वपतीले  श्रीमती सरस्वतीले आफुले जोडेको सम्पत्ती सखाप पारि बिचल्ली पारेको बताएका छन् ।

प्रकाशित :वैशाख ३१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्