स्मार्टफोनबाट नियन्त्रण हुनेछ इलेक्ट्रिक भेइकल

- साप्ताहिक संवाददाता

वैशाख ३१, २०७६

हुन्डाई मोटर ग्रुपले नयाँ ईभी पर्फमेन्स कन्ट्रोल टेक्नोलोजीको विकास गरेको छ । यसको सहयोगले स्मार्टफोन एपमार्फत इलेक्ट्रिक भेइकललाई नियन्त्रण गर्न सकिनेछ । उक्त प्रविधि प्रयोगमा आयो भने ड्राइभरले आफ्नो इलेक्ट्रिक भेइकलको सेटिङलाई स्मार्टफोन एपबाटै एड्जस्ट गर्न सक्नेछन् र गाडीको पर्फमेन्स अझ राम्रो हुनेछ । 

सेटिङ मिलाएर गाडीको म्याक्सिमम टर्क र पिकअप एड्जस्ट गर्न सकिन्छ । त्यसैगरी म्याक्सिमम स्पिड पनि एड्जस्ट गर्न सकिन्छ । त्यसैगरी गाडी चलाउँदा कति पावर खर्च भएको छ भन्ने कुरा पनि थाहा हुन्छ । हुन्डाईले यो प्रविधिलाई सुरक्षित रूपमा प्रयोगमा ल्याउन ब्लकचेन प्रविधि तयार गरेको छ ।

उक्त प्रविधिले युजरको डाटालाई सर्भरमा अपलोड गरेर राख्छ र आफ्नो डाटा लिक हुनबाट जोगाउँछ । आगामी दिनमा इलेक्ट्रिक भेइकललाई अझ सुरक्षित र गुणस्तरीय बनाउन यसले निकै सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । 

प्रकाशित :वैशाख ३१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्