बिहान गर्न नहुने गल्ती

- साप्ताहिक संवाददाता

वैशाख ३१, २०७६

निद्रा खुल्नासाथ ओछ्यान नछाडौँ

हतारका कारण हामी बिहान आँखा खुल्नासाथ तत्काल ओछ्यानबाट उठ्छौं । रातभर सुत्दा शरीरलाई लामो समय आराम भैरहेको हुन्छ । यस्तो बेला तत्काल उठ्दा मांसपेशीमा असर पर्न सक्छ । सुतिरहेका बेला तत्काल सीधा उठेर उभिँदा रक्तसञ्चारमा समेत नकारात्मक असर पर्छ । त्यसैले निद्राले छाडेपछि ओछ्यानमै शरीरलाई सामान्य तरिकाले यताउता चलाउनुपर्छ । यसले मांसपेशी सञ्चालनमा मद्दत पुर्‍याउँछ र रक्तसञ्चार पनि राम्रो भै शरीरलाई ऊर्जा प्राप्त हुन्छ । 

भोको नबस्ने

बिहानको समयमा कहिल्यै खाली पेट बस्नु हुँदैन । जब हामी सुत्छौं तब हाम्रो मेटाबोलिज्म सुस्त हुन्छ । त्यसलाई पुनः सही स्थानमा ल्याउन ऊर्जाको आवश्यकता पर्छ । बिहान उठ्दा शरीरमा ग्लुकोजको लेभल पनि कम हुन्छ । त्यसैले उठेको ४५ मिनेटदेखि एक घण्टाभित्र केही न केही खानुपर्छ जसमा अन्डा, दूध, अन्न तथा फलफूल समावेश गर्न सकिन्छ । 

तत्काल दैनिकी सुरु गर्नुहुँदैन

ओछ्यानबाट उठ्नासाथ फोन सम्पर्क गर्ने, इमेल चेक गर्ने, बालबालिकालाई विद्यालय पठाउने वा खाजा ख्वाउनेजस्ता काम गर्नु हुँदैन । बिहानको केही समय कम्तीमा आफैँलाई छुट्याउनुपर्छ । यो समयमा मर्निङवाक, योग वा अन्य व्यायाम गर्नुपर्छ । यसले आफ्नो काममा जाँदा ताजा महसुस गर्न सकिन्छ, यसले बिहानैदेखि मुड खराब हुने समस्या पनि समाधान गर्छ । 

अलार्म बन्द गरेर नसुत्नुहोस् 

कतिपय मानिस सही समयमा उठ्छु भनेर अलार्म लगाउँछन्, तर बिहान जब घण्टी बज्न थाल्छ, पुनः घडी बन्द गरेर सुत्छन् । अलार्म बज्नासाथ उठ्नुहोस् र शरीरलाई हल्का चलाएर लामो श्वास लिनुहोस् । त्यसपछि नियमित काम सुरु गर्नुहोस् ।

प्रकाशित :वैशाख ३१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्