रामेछापमा २ विद्यालय र १ स्वास्थ्य चौकी एकैसाथ हस्तान्तरण  

- साप्ताहिक संवाददाता

वैशाख ३०, २०७६

काम फर सुद स्विजरल्याण्डको आर्थिक सहयोग तथा काम फर सुद नेपालको सहजीकारणमा लिखु तामाकोशी गाउपालिका वडा नं २ सैपुमा नब निर्मित २ वटा बिद्यालयका भवनहरु  र १ वटा स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिएको छ ।  २ बर्ष अघि देखि निर्माण कार्य सुरु भएको २४ सै घण्टा सुत्केरी सेवा सहितको  स्वास्थ्य चौकी भबन १ करोड २८ लाखको लागतमा निर्माण भएको  काम फर सुद नेपालका कार्यक्रम संयोजक राजन श्रेष्ठले बताएका छन् । 

त्यसैगरी सैपुमा रहेको शहिद स्मृति मा बि मा १ करोड ७६  लाख  को लागतमा  ९ कोठाको ४ वटा भवन  र छात्र, छात्रा शौचालय निर्माण गरिएको तथा २ करोड २२ लाखको लागतमा १० कोठाको ४ वटा भवन छात्र र छात्राको छुट्टा छुट्टै शौचालय सहित निर्माण भएको बताइएको छ । दुइ बटा बिद्यालय र स्वास्थ्य चौकीको भवन ३ नं प्रदेशका सांसद शान्तिप्रसद पौडेलले हस्तान्तरण गनुभएको छ ।  

भवन हस्तान्तरण कार्यक्रमका अबसरमा सैपुका २ वटा माबि र स्वास्थ्य चौकीको तर्फबाट काम फर सुद नेपाल लाई भबन निर्माण र अन्य प्राबिधिक सहयोग तथा दक्ष जनशक्ती उत्पादनमा उल्लेख्य सहयोग गरेको भन्दै प्रसंसा पत्र सहित सम्मान गरेको थियो ।   

 

प्रकाशित :वैशाख ३०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्