राजिव जैनले जिते १ करोड

- साप्ताहिक संवाददाता

वैशाख ३०, २०७६

 

एपिवान टेलिभिजनमा प्रशारण भैरहेको चर्चित शो ‘को बन्छ करोडपति’ मा राजिव जैनले १ करोड रुपैयाँ जितेका छन् । आइतबार भएको शोमा उनले १ करोड रुपैयाँ हात पारेका हुन् । शो जितिसकेपछि उनले परिवार, आफन्त र समग्र दर्शक तथा आयोजकप्रति आभार व्यक्त गरेका छन् ।

भारतीय टेलिभिजन शो कौन बनेगा करोडपतिमा धेरैले करोड जित्नुभएको छ, उनले भने, ‘तर पहिलो शो जस्ले जित्नुभयो, त्यो कुराको महत्व अझ बढि हुने रहेछ ।’ आफुले अहिलेपनि १ करोड जितेको कुरामा विश्वास गर्न नसकेको बताउँदै उनले यो प्राप्तीलाई जिवनमा पाएको धेरै ठुलो सफलता मानेका छन् ।

‘को बन्छ करोडपति’ मा १ करोड जित्ने उनी पहिलो प्रतिस्पर्धी हुन् । २००७ साल प्रजातान्त्रिकपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो भन्ने प्रश्नको सही उत्तर २०१४ माघ १९ गते दिएर उनले १ करोड जितेका हुन् । जैनलाई १ करोडको चेक कार्यक्रम प्रस्तोता राजेश हमालले प्रदान गरे ।

एसआर विएन मिडिया र विपीन कुमार आचार्य लगायतको टिमले नेपालमा ल्याएको यो फ्रेन्चाइज राजीवको जितसँगै थप लोकप्रिय हुने अनुमान गरिएको छ ।

प्रकाशित :वैशाख ३०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्