वर्षाको ड्रेसअप

- साप्ताहिक संवाददाता

वैशाख ३०, २०७६

अभिनेत्री वर्षा शिवाकोटी आफूले ड्रेसअपमा अलि बढी ध्यान दिने बताउँछिन् । उनी पोखरामा केही नौलो पहिरनमा देखिइन् । ‘यो फस्ट टाइम हो, जिन्समा यसरी म पहिले कहिल्यै देखिएकी थिइनँ,’ वर्षाले भनिन् ।

सुनिता श्रेष्ठले डिजाइन गरेको जिन्सको नयाँ स्टाइलमा देखिएकी वर्षाले दर्शकको ध्यान केन्द्रित गर्न यसो गरेको बताइन् । आफू पहिरनको सोखिन भएको उनले त्यहाँ खुलाइन् । अकेजनली, इभेन्टअनुसार ड्रेसअप लगाउनुपर्ने उनको धारणा छ ।

‘ड्रेसअप प्रिजेन्टेवल हुनुपर्छ’ शिवाकोटीले भनिन् । वर्षाको धेरै खर्च हुने पहिरनमै हो । यद्यपि अहिले धेरै स्टोर तथा डिजाइनरसँग कोलाब्रेसन गरेका कारण पहिरन खासै किन्नु नपरेको उनले बताइन् । 

प्रकाशित :वैशाख ३०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्