प्रधानमन्त्री कपमा पारसको डेब्यु

- साप्ताहिक संवाददाता

वैशाख २९, २०७६

आखिर नेपाली घरेलु क्रिकेटमा वान डेको सबैभन्दा ठूलो प्रतियोगिता प्रधानमन्त्री कपमा पारस खड्का पनि सहभागी हुने भएका छन्, अर्थात् उनी प्रतियोगितामा डेब्यु गर्दैछन् । विभिन्न बहानामा उनी केही वर्षयता केही ठूला प्रतियोगितामा अनुपस्थिति रहँदै आएका छन्, तर अब उनले खेल्ने भएपछि यसपटकको प्रधानमन्त्री कपको रौनक नै बेग्लै हुनेछ । 

पारस झन्डै ६ महिनापछि घरेलु क्रिकेटमा फर्कन लागेका हुन् । त्यो पनि फरक टिमबाट । यसअघि एपीएफका लागि खेल्दै आएका पारसले त्यो टिम छाडिसकेका छन् र अब खेल्ने छन्, क्षेत्र नम्बर ३ बाट । यस पटकको ५० ओभरको प्रधानमन्त्री कप जेठ १ गते कीर्तिपुरमा सुरु हुँदैछ । 

नेपाली राष्ट्रिय टिमका कप्तान पारसले अन्तिम पटक पुसमा एभरेस्ट प्रिमियर लिग खेलेका थिए । त्यसयता उनले धनगढी प्रिमियर लिग पनि खेलेनन्, न त राष्ट्रिय खेलकुदमै सहभागी भए । प्रधानमन्त्री कपमा पनि पारसको यो पहिलो सहभागिता हो । यो प्रतियोगिताका पछिल्ला दुई संस्करणमा पारस सहभागी थिएनन् । 

प्रकाशित :वैशाख २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्