घोराही–स्वर्गद्वारी केबुलकार 

- दुर्गालाल केसी

वैशाख २८, २०७६

घोराहीबाट प्यूठानको प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी पुग्न निजी क्षेत्रको लगानीमा केबुलकार निर्माणको तयारी अघि बढेको छ । घोराहीदेखि स्वर्गद्वारीसम्म ८ किलोमिटर दूरीमा ५ अर्ब लगानी गरेर केबुलकार पुर्‍याइने घोराही स्वर्गद्वारी केबुलकारका प्रतिनिधि माधव घिमिरेले बताए ।

कम्पनी दर्ता, जग्गा खरिद, जग्गा भाडालगायतको काम सम्पन्न भएको छ । केबुलकारमा २७ वटा पोल तथा ४ वटा स्टेशन रहनेछन् । एउटा डिब्बामा ६ जना अटाउने उक्त केबुलकारको निर्माणपछि स्वर्गद्वारी पुग्न समयको बचत हुनुका साथै याक्रुहरूलाई सुविधा हुने घिमिरेले बताए । ‘गाडीको लामो यात्राबाट मुत्ति मिल्नेछ । पर्यटकहरूको संख्या पनि बढ्नेछ,’ उनले भने, ‘पश्चिम क्षेत्रमा अहिलेसम्म केबुलकार नभएकाले यो नयाँ काम हुनेछ । पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिएका छौं ।’

अहिले गाडीमा दुईवटा रुटमार्फत स्वर्गद्वारी पुग्न सकिन्छ । भालुबाङबाट प्यूठानको भिंग्री र घोराहीबाट रोल्पाको होलेरी हुँदै स्वर्गद्वारी पुग्न सकिन्छ । यो यात्रामा जाँदा–आउँदा ६ घण्टाभन्दा बढी समय लाग्छ । सडक कच्चा भएकाले यात्रा कष्टकर पनि छ । केबुलकार सञ्चालनमा आए २० मिनेटमा स्वर्गद्वारी पुग्न सकिने घिमिरेले बताए । अधिकांश भारतीय तीर्थयात्रु हिँडेरै स्वर्गद्वारी जाउजाउ गर्छन् ।

प्रकाशित :वैशाख २८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्