राज सिग्देलको हिम्मत 

- साप्ताहिक संवाददाता

वैशाख २७, २०७६

गायक राज सिग्देल फरक शैलीका गीत गाउँछन् । उनले गाएका गीतमा पीडा बढी मिसिएको हुन्छ । उनै राज सिग्देलको आवाजमा समावेश ‘हिम्मत’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । वीवी थापाको शब्द रहेको गीतमा दिपक सिलवालको संगीत छ । 

यो गीतले एक यूवतीले माया जालमा फसाएर धोका दिएपछि केटाले पोखेको पीडालाई देखाउन खोजेको छ । यो गीतको भिडियोमा छायांकन, सम्पादन र निर्देशक जीवन रसाइलीको छ । 

भिडियोमा हरि खड्का, कल्पना गैरे र रविन लामिछानेलाई देख्न सकिन्छ । मोडल हरि  अष्ट्रेलियामा रियल स्टेट व्यापारमा सफल मानिन्छन् । भिडियोको छायांकन अष्ट्रेलियामा गरिएको हो ।

हिम्मकतको म्यूजिक भिडियो :

 

प्रकाशित :वैशाख २७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्