अनुष्का श्रेष्ठ बनिन् सिल्भर जुब्ली मिस नेपाल (फोटो फिचर)

- रोजिन शाक्य

वैशाख २७, २०७६

मिस नेपाल ओसियाना २०१८ को उपाधि जितिसकेकी काठमाडौंकी २३ वर्षिया अनुष्का श्रेष्ठले मिस नेपाल वल्र्ड २०१९ पनि बन्न सफल भएकी छिन् । सिल्भर जुब्ली संस्करणको मिस नेपाल प्रतिस्पर्धाको ग्राण्ड फिनाले अन्तर्गत गत वर्ष विजेता श्रृङ्खला खतिवडाको उत्तराधिकारीका रुपमा मिस नेपाल वल्र्ड २०१९ का रुपमा चयन भएकी अनुष्काले प्रतियोगितामा द काठमान्डु पोष्ट मिस इन्टिलेक्चुयल र यामाहा फेश अफ फासिनोको अवार्ड पनि आफ्नो नाममा सुरक्षित राख्न सफल भइन् । 

प्रतियोगितामा काठमाडौंकी २३ वर्षिया प्रदिप्ता अधिकारीले मिस नेपाल युनिभर्स २०१९ को ताज पहिरिन सफल भइन् । मिस नेपाल युनिभर्स २०१९ को ताज संगै प्रदिप्ता प्रतियोगितामा गोल्डस्टार मिस एथ्लिट र एनम्याग मिस ट्यालेन्ट अवार्डमा पनि सफल रहिन् । मिस नेपाल अर्थ २०१९ को ताज पहिरिन सफल भइन् काठमाडौं २३ वर्षिया रिया बस्नेत । रिया बिआइपी मिस पपुलर च्वाइसका रुपमा पनि सफल भइन् । 

प्रतियोगितामा मिस नेपाल इन्टरनेसनल २०१९ का रुपमा चइन् भइन भक्तपुरकी २३ वर्षिया मिरा कक्षपती । मिराले लिभन मिस ब्युटीफुल हेयर उपाधिमा आफ्नो नाम दर्ता गरिन् । यसैगरी काठमाडौंकी २१ वर्षिया रोज लामा मिस नेपाल सुप्रानेसनल २०१९ का विजेता बनिन् । रोजले क्रिएटिभ डि स्टुडियो मिस फोटोजेनिक तथा बर्जर मिस ग्ल्यामरको अवार्ड पनि आफूलाई अब्बल प्रमाणित गरिन् । उल्लेखीत विजेताहरुले क्रमशः २०१९ को संस्करणको मिस युनिभर्स, मिस अर्थ, मिस इन्टरनेसनल तथा मिस सुप्रानेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

मिस नेपाल आयोजनाको रजत जयन्ती वर्ष रहेकाले यो वर्ष मिस नेपाल आयोजना भएको स्थल विलकुलै नयाँ ठाउँ रह्यो । यस अघिका वर्षहरुमा कमलादीस्थित प्रज्ञा भवन, नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मलेन केन्द«, सुन्धारास्थित आर्मी अफिसर्स क्लब र दरबारमार्ग स्थित होटल डेला अन्नपूर्णको प्रांगण ग्राण्ड फिनाले भएका थिए । यस पटकको ग्राण्ड फिनालेको गन्तव्य बन्यो किर्तिपुरस्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको प्रांगण । 

यसपटक उत्कृष्ट १४ भित्र सोफिया भुजेल, रोज लामा, रक्षा उप्रेती, शुभेच्छा अधिकारी, नितिका कर्माचार्य, जेनी महर्जन, शिवानी घिमिरे, प्रथा अधिकारी, अनुष्का श्रेष्ठ, प्रदिप्ता अधिकारी, निशा पाठक, मिरा कर्माचार्य, नेन्सी बोगटी, र रिया बस्नेतले आफूलाई उभ्यान सफल भए । 

प्रतियोगिताको अन्तिम चरणमा उत्कृष्ट सात फाइनलिष्टको नाम घोषणा गरियो । जसमा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति रहे । हरेक सुन्दरीले पालैपालो निर्णायक प्रश्नको मौखिक रुपमा आ आफ्नो उत्कृष्ट उत्तर दिए । उनीहरुले दिएको उत्तरकै आधारमा अन्ततः मिस नेपाल २०१९ को ताजधारी घोषणा गरियो ।

राति करिब पौने एघारसम्म संचालन भएको सो प्रतियोगिताका उत्कृष्ट पाँच ताजधारीहरु मध्ये अनुष्का, प्रदिप्ता र रोजले दुई दुई वटा सब टाइटल पनि प्राप्त गरेका थिए भने रिया र मिराले एक एक वटा सब टाइटल आफ्नो नाममा सुरक्षित बनाएका थिए । समग्रमा १२ वटा सबटाइटल रहेको फाइनल प्रतिस्पर्धामा अन्य सब टाइटल मध्ये निशा पाठक मिस कन्फिडेन्ट, नितिका कर्माचार्य ब्युटि विथ पर्पस, न्यान्सी बोगटी मिस फ्रेन्डशीप तथा जेनी महर्जन मिस वेष्ट नेचुरल स्कीन अवार्डमा उत्कृष्ट छानिएका थिए ।

प्रकाशित :वैशाख २७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्