छक्कापञ्जा–३ हावी 

- साप्ताहिक संवाददाता

वैशाख २६, २०७६

११  औं संस्करणको डी सिने एवार्ड–२०७६ मा दीपकराज गिरी तथा दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा–३’ हाबी भएको छ । उक्त चलचित्रले समारोहमा सर्वाधिक ८ वटा एवार्ड जितेको थियो । उक्त चलचित्रले सर्वोत्कृष्ट चलचित्रसहित गायक, गायिका, लोकसंगीत, हास्य अभिनेता, चरित्र अभिनेत्री, सम्पादक तथा निर्देशकको एवार्ड जित्यो । दीपाश्री निरौलले वर्षको उत्कृष्ट निर्देशकको एवार्ड जित्ने क्रममा दर्शकप्रति कृतज्ञता जाहेर गरेकी थिइन् । 

समारोहमा गत चैत मशान्तमा प्रदर्शन भएको केशव भट्टराईको चलचित्र यात्राः अ म्युजिकल भ्लगले ६ वटा एवार्ड आफ्नो पक्षमा पार्‍यो । उक्त चलचित्र द्वन्द्व निर्देशक, पटकथा, नव निर्देशक, सह अभिनेता, अभिनेता तथा नव निर्देशकको एवार्ड जित्न सफल भयो । समारोहमा यात्राका अभिनेता सलिनामान बनियाँले सर्वोत्कृष्ट अभिनेताको एवार्ड जित्दा सर्वोत्कृष्ट अभिनेत्रीको एवार्ड चलचित्र प्रसादकी नम्रता श्रेष्ठको भागमा पर्‍यो । 

कलाकारहरूको उपस्थिति अत्यन्त न्यून देखिएको एवार्ड वितरण समारोहमा नीर शाहलाई छायाँछवि लाइफटाइम लिजेन्ड्री एवार्डबाट सम्मानित गरियो भने गायिका देविका बन्दनालाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान अर्पण गरियो । निर्देशक सोभित बस्नेतले छायाँछवि चलचित्रकर्मी रजत सम्मान पाए भने सञ्चारकर्मी अनन्त वाग्लेलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्राप्त गरे । 

चलचित्र छक्का पञ्जाले पटकथाको एवार्ड नजित्नुलाई अधिकांश सहभागिले अनौठो माने । पटकथाको एवार्ड नजितेको उक्त चलचित्रले सर्वोत्कृष्ट चलचित्रको एवार्ड भने जितेको थियो । पटकथाको एवार्ड चलचित्र यात्राले पायो, छक्कापञ्जा भने सर्वोत्कृष्ट चलचित्र घोषित भयो । सहभागी चलचित्रकर्मीहरूले राम्रोलाई भन्दा हाम्रोलाई एवार्ड बाँडिएको टिप्पणी समेत गरे । समारोह सञ्चालन भैरहँदा कतिपय चलचित्रकर्मी समारोहबाट बाहिरिएको दृष्यले आयोजक संस्थालाई समेत खिन्न बनाएको देखिन्थ्यो । 

यी हुन् विजेता 

उत्कृष्ट पार्श्वसंगीत  -  जैसन कुँवर र प्रवेश मल्लिक (भोर)

उत्कृष्ट साउन्ड डिजाइन   - मुकेश शाह (डमरुको डन्डीबियो) 

उत्कृष्ट गीतकार    - राजेश श्रेष्ठ (फूल होइन–रोज) 

उत्कृष्ट गायिका   -  बिन्दु परियार (पहिलो नम्बरमा–छक्कापञ्जा–३) 

उत्कृष्ट गायक    - डेविड शंकर (पहिलो नम्बरमा–छक्का पञ्जा–३) 

उत्कृष्ट लोक संगीतकार    - दीपक शर्मा (पहिलो नम्बरमा–छक्का पञ्जा–३) 

उत्कृष्ट संगीतकार    - एलिश कार्की (फूल होइन माया–रोज)

उत्कृष्ट लोकगीत नृत्य निर्देशक    - वसन्त श्रेष्ठ (उम्लियो भने–जय भोले) 

उत्कृष्ट नृत्य निर्देशक     - कविराज गहतराज (तिम्रो लागि–राम कहानी) 

उत्कृष्ट द्वन्द्व निर्देशक    - हिमाल केसी (यात्रा) 

उत्कृष्ट बालकलाकार    - एञ्जल राई (हैरान) 

उत्कृष्ट हास्यकलाकार   - केदारप्रसाद घिमिरे (छक्कापञ्जा–३) 

उत्कृष्ट खलपात्र   - माओस्ते गुरुङ (चंगा चेट) 

उत्कृष्ट कथा    -दीपेन्द्र लामा (गोपी) 

उत्कृष्ट पटकथा   - सम्राट शाक्य (यात्रा) 

उत्कृष्ट संवाद    -सुशील पौडेल (प्रसाद) 

उत्कृष्ट नवनायिका    - सुहाना थापा (ए मेरो हजुर–३) 

उत्कृष्ट नवनायक    - धीरज मगर (इन्टु मिन्टु लन्डनमा)

उत्कृष्ट नवनिर्देशक   - सम्राट शाक्य (यात्रा) 

उत्कृष्ट चरित्र अभिनेत्री   -लक्ष्मी गिरी (छक्कापञ्जा –३) 

उत्कृष्ट चरित्र अभिनेता    - सरोज खनाल (क्याप्टेन) 

उत्कृष्ट सह–अभिनेत्री     - नम्रता सापकोटा (समर लभ) 

उत्कृष्ट सह–अभिनेता   -  सलोन बस्नेत (यात्रा) 

उत्कृष्ट छायाँकार   - सञ्जय लामा (ए मेरो हजुर–३)

उत्कृष्ट सम्पादक   -  विपिन मल्ल (छक्कापञ्जा–३) 

उत्कृष्ट अभिनेत्री    - नम्रता श्रेष्ठ (प्रसाद)

उत्कृष्ट अभिनेता   - सलिनमान बनियाँ (यात्रा) 

उत्कृष्ट निर्देशक  -  दीपाश्री निरौला (छक्का पञ्जा–३) 

उत्कृष्ट पपुलर चलचित्र  -  ए मेरो हजुर– 

उत्कृष्ट चलचित्र  -  छक्कापञ्जा–३

क्रिटिक्स एवार्ड  -  यात्रा

जुरी एवार्ड  -  डमरुको डन्डीबियो 

प्रोत्साहन एवार्ड  -  सुकुलगुन्डा

 

प्रकाशित :वैशाख २६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्