पुठ्ठा वास्तविक नै हो 

- साप्ताहिक संवाददाता

वैशाख २५, २०७६

इन्स्टाग्राममा आफ्नो पुठ्ठा देखाएर लोकप्रियता पाइरहेकी एक प्रयोगकर्ताले आफ्नो पुठ्ठा वास्तविक भएको प्रमाणित गर्नुपरेको छ । डेसी किच नाम गरेकी ती प्रयोगकर्ताले स्विमसुटमा पुठ्ठा देखाउँदै खिचेको फोटोले इन्स्टाग्राममा तीव्र रूपमा लोकप्रियता पाइरहेको थियो । १९ वर्षीया ती युवतीको पुठ्ठा यत्तिको आकर्षक हुन नसक्ने र उनले लोकप्रियताका लागि फोटोलाई डिजिटल इन्ह्यान्स गरेर अपलोड गरेको आरोप खेप्नुपर्‍यो । 

उनले आफ्नो पुठ्ठा बास्तविक नै भएको र यसलाई कृत्रिम ढंगले आकर्षक नबनाइएको बताउँदै आएकी थिइन् । किचको कुरा उनका ९ लाख ६० हजारभन्दा बढी फलोअर्समध्ये केही मान्न तयार भएनन् र उनलाई अनफलो गर्न थाले । 

त्यसपछि ती युवतीले आफ्नो पुठ्ठा वास्तविक भएको कुरा चिकित्सक परीक्षणबाट पुष्टि गर्ने सोच बनाइन् । ब्रेभरी हिलमा प्रख्यात प्लास्टिक सर्जन डा. अस्कान घाभामीलाई उनले आफ्नो पुठ्ठाको परीक्षण गराइन्, जसमा चिकित्सकले उनको पुठ्ठा प्राकृतिक रूपमा बनेको र ठूलो बनाउन कुनै किसिमको सिलिकन वा प्लास्टिक सर्जरी अहिलेसम्म नगरिएको प्रमाणित गरिदिएका थिए ।  

प्रकाशित :वैशाख २५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्