मेकिङ अफ मिस नेपाल–२०१९

- रोजिन शाक्य

वैशाख २५, २०७६

नेपालको सौन्दर्य प्रतियोगिता क्षेत्रमा सबैभन्दा जेठो र प्रतिष्ठित भएकाले मिस नेपालको प्रशिक्षण र ग्रुमिङ अझ बढी विशेष एवं प्रभावकारी हुने गरेको छ । यस पटक सिल्भर जुब्ली संस्करण भएकाले ग्रान्ड फिनालेलाई सानदार बनाउन यसको मेकिङलाई विगतको तुलनामा विशेष बनाउने प्रयत्न गरिएको बताइन्छ । 

राजधानीका विभिन्न कलेजमा सञ्चालन गरिएको एक्टिभेसन कार्यक्रम, धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान तथा बिर्तामोडजस्ता अधिराज्यका प्रमुख सहरहरूमा सञ्चालन गरिएको अडिसन हुँदै गत चैत १० गते काठमाडौंमा सम्पन्न फाइनल अडिसनबाट मिस नेपाल प्रतियोगिताको सिल्भर जुब्ली संस्करणका लागि अन्तिम प्रतिस्पर्धी निर्क्यौल गरिएका हुन् अर्थात् मिस नेपालको २५ औं संस्करणका लागि २५ फाइनलिस्ट ।

यो उपाधि यात्रामा रहेका २५ जना युवतीमा काठमाडौंकी २२ वर्षीया निशा पाठक, पोखराकी २३ वर्षीया एलिशा जोशी, काठमाडौंकी २३ वर्षीया सोफिया भुजेल, काठमाडौंकी २३ वर्षीया रिया बस्नेत, भैरहवाकी २३ वर्षीया संस्कृति घिमिरे, काठमाडौंकी २३ वर्षीया अनुष्का श्रेष्ठ, काठमाडौंकी २४ वर्षीया जेनी महर्जन, ललितपुरकी २२ वर्षीया अश्मिता महर्जन, काठमाडौंकी २२ वर्षीया किरण थापा, काठमाडौंकी २३ वर्षीया प्रदिप्ता अधिकारी, ललितपुरकी २१ वर्षीया नितिका सराह कर्माचार्य, काठमाडौंकी २१ वर्षीया रोज लामा, पोखराकी २३ वर्षीया सारा बजिमय, ललितपुरकी २३ वर्षीया लक्ष्मी राउत, काठमाडौंकी २२ वर्षीया रक्षा उप्रेती, भक्तपुरकी २३ वर्षीया मीरा कक्षपति, मोरङकी २३ वर्षीया जेनिशा थपलिया, झापाकी २२ वर्षीया पूजा श्रेष्ठ, चीतवनकी २० वर्षीया विपना सुवेदी, ललितपुरी २० वर्षीया शुभेच्छा अधिकारी, झापाकी २४ वर्षीया प्रकृति कट्वाल, काठमाडौंकी २४ वर्षीया न्यान्सी बोगटी, भैरहवाकी २१ वर्षीया शिवानी घिमिरे, काठमाडौंकी २२ वर्षीया सान्त्वना मालाकार तथा काठमाडौंकी २३ वर्षीया प्रथा अधिकारी छन् । यीमध्ये मिस नेपाल ओसिनिया–२०१८ अनुष्का श्रेष्ठ, मिस पूर्वाञ्चल–२०१८ पूजा श्रेष्ठ, मिस पोखरा–२०१८ सारा बजिमय तथा मिस पश्चिमाञ्चलका रुपमा शिवानी घिमिरले मिस नेपाल–२०१९ मा आफ्नो स्थान सुरक्षित गरेका हुन् । 

यी युवतीहरूमध्ये आगामी मे ९ तारिख अर्थात् वैशाख २६ गते बिहीबार हुने सिल्भर जुब्ली संस्करणका रूपमा सञ्चालन हुने मिस नेपालको ग्रान्ड फिनालेबाट मिस नेपाल–२०१८ श्रृङ्खला खतिवडाको उत्तराधिकारी चयन हुनेछ । द हिडन ट्रेजर मिस नेपाल–२०१९ को ग्रान्ड फिनालेमा सहभागीहरूको सुन्दरतामा फेसन डिजाइनर मनिष राई, वुमेन्स प्लानेटका सुष्मा सिंह तथा नटराज द बुटिकका आशुतोष अग्रवालका पहिरनले थप निखार एवं आकर्षण सञ्चार गर्नेछ ।

नेपालको सौन्दर्य प्रतियोगिता क्षेत्रमा सबैभन्दा जेठो र प्रतिष्ठित भएकाले मिस नेपालको प्रशिक्षण र ग्रुमिङ अझ बढी विशेष एवं प्रभावकारी हुने गरेको छ । यस पटक सिल्भर जुब्ली संस्करण भएकाले ग्रान्ड फिनालेलाई सानदार बनाउन यसको मेकिङलाई विगतको तुलनामा विशेष बनाउने प्रयत्न गरिएको बताइन्छ । 

कुपन्डोलस्थित आयोजक संस्था द हिडेन ट्रेजरकै ट्रेनिङ हलमा प्रतियोगितासम्बन्धी अभिमुखीकरण सँगै अघि बढेको यस पटकको मिस नेपालको ग्रुमिङका गतिविधिहरू यही ठाउँमा सम्पन्न भएको थियो । प्रतिस्पर्धीहरूको दैनिकी जस्मिन फिटनेस एन्ड स्पामा योग, ध्यान एवं शारारिक फिटनेसको अध्यासबाट प्रारम्भ हुने गरेको थियो । कोरियोग्राफर रचना गुरुङ शर्माको नियमित स्टेज पर्फमेन्स सम्बन्धी विभिन्न सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षणमा मिस नेपालका सहभागीहरूको दैनिकी व्यस्त रहन्थ्यो । यसबीच प्रतिस्पर्धीहरूले फोटोग्राफर राजभाइ सुवालबाट फोटोसेसन र पोजिङबाहेक इनडोर र आउट डोर फोटोसेसन, मेकअप आर्टिष्ट एवं हेयर स्टाइलिस्ट श्रद्धा मास्केबाट मेकअप र हेयर स्टाइलिङसम्बन्धी प्रशिक्षण, राजश्री राज्य लक्ष्मी राणाबाट फेसन स्टाइलिङ, डर्माटोलजिस्ट डा. प्रतिभा श्रेष्ठबाट स्किन केयर र स्वस्थ जीवनशैली तथा डा. सुशील कोइरालाबाट डेन्टल हाइजिनसम्बन्धी जानकारी हासिल प्राप्त गरेका थिए । 

मि स नेपालका सहभागीहरूको बाहिरी व्यक्तित्वसँगै बौद्धिक एवं व्यवहारिक सुन्दरता अभिवृद्धि गर्ने क्रममा विभिन्न प्रशिक्षण कक्षा सञ्चालन गरिएको थियो । प्रशिक्षणकै क्रममा सहभागीहरूले मञ्जरी प्रधानबाट नेपाली संस्कृति र सम्पदा तथा प्रचण्ड मान श्रेष्ठबाट नेपालको पर्यटन उद्योग एवं पर्यटनको अवस्थाका सम्बन्धमा जानकारी हासिल गरेका थिए । यसैगरी विज्ञापन व्यवसायी रंजीत आचार्यले सहभागीहरूलाई उत्प्रेरक तालिम प्रदान गरेका थिए । प्रशिक्षणकै क्रममा सहभागीहरू कान्तिपुर दैनिकका प्रधान सम्पादक नारायण वाग्लेबाट संघीयता, महिला अधिकारकर्मी तथा न्यायाधीश सपना प्रधान मल्लबाट महिला सशक्तीकरण, सरु श्रेष्ठ जोशीबाट महिला विकास, होटल व्यवसायी कर्ण शाक्यबाट सकरात्मक सोच, डा. चीरञ्जीवी पोखरेलबाट वन्यजन्तु संरक्षण तथा संवर्द्धन, विष्णु ठकुरीबाट वातावरणीय परिवर्तन आदि विषयका विविध पक्षसित साक्षात्कार भएका थिए । यसैगरी सहभागीहरू साइबर अपराध, पोषण, स्वस्थ आहार आदि विषयमा पनि जानकार भएका छन् । प्रशिक्षणकै क्रममा मिस नेपाल–२०१९ का सहभागीहरूले मिस नेपाल वर्ल्ड–२०१८ का विजेता श्रृङ्खला खतिवडा तथा उपविजेताहरू मनिता देवकोटा, प्रिया सिग्देल, रोनाली अमात्य एवं महिमा सिंहबाट उनीहरूको अनुभवबाट विविध महत्वपूर्ण जानकारी प्राप्त गरेका थिए ।

मिस नेपाल–२०१९ का सहभागीहरूले पशुपति वृद्धाश्रमको स्थलगत भ्रमण गरेका थिए । माइती नेपाल पुगेर चेलिबेटी बेचबिखनको अवस्था, उद्धार गरिएका महिला र तिनको पुनर्स्थापना तथा माइती नेपालका गतिविधिसम्बन्धी जानकारी हासिल गरेका थिए । भ्रमणकै क्रममा सहभागीहरूले नेपाल टेलिभिजनको स्टुडियोको पनि भ्रमण गरेका थिए । सहभागीहरूले यामाहाको एक्टिभेसन कार्यक्रममा सहभागी भएर ट्राफिक नियम तथा सुरक्षित सवारीसम्बन्धी जानकारीसमेत प्राप्त गरे । यामाहा एक्टिभेसनकै क्रममा सहभागीहरूले यामाहा फेश अफ फ्याशिनो अवार्डका लागि पनि प्रतिस्पर्धा गरे । यसैगरी उनीहरू डाइनिङ एटिकेट्सका बारेमा प्राइभ नेपालमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी भए । 

सहभागीहरूले आर बी डायमन्ड ज्वेलर्सको भ्रमणमा सहभागी भै ज्वेलरी मेकिङका विभिन्न आयामका सम्बन्धमा साक्षात्कार गरेका थिए । मिस नेपालका सहभागीहरूलाई अझ बढी प्रतिस्पर्धी र जुझारु बनाउनुका साथै उनीहरूको शारारिक तन्दुरुस्ती, टिम स्पिरिट आदिको मूल्यांकनसँगै अन्तर्राष्ट्रिय प्रतियोगिताको फर्म्याटमा पनि अभ्यस्त बनाउने हेतुले पछिल्ला केही संस्करणदेखि निरन्तरता पाउँदै आएको स्पोर्ट्स इभेन्ट यस पटकको संस्करणको आकर्षणमा रह्यो । यसअन्तर्गत सहभागीहरूले आफूलाई समूहगत एवं व्यक्तिगत प्रतिस्पर्धामा उभ्याएका थिए, जसबाट विभिन्न इभेन्टअन्तर्गत विजेता र समग्रमा मिस एथ्लिट चयन गरिएको थियो ।

यस पटकको मिस नेपालको प्रशिक्षणअन्तर्गत धुलिखेलको क्लोज क्याम्प पनि महत्वपूर्ण रह्यो । धुलिखेलस्थित होटल हिमालयन होराइजनको तीन दिने क्लोज क्याम्प अन्लिस द म्याजी इन यू शीर्षकमा सहभागीहरूले आफ्नो व्यक्तित्वको सबल एवं सकारात्मक पक्षलाई बुझ्ने, त्यसलाई निखार्ने सँगै आफ्ना कमजोरीको पहिचान र तिनको सुधारमा आफूलाई अग्रसर बनाउने वातावरण प्राप्त गरेका थिए । ग्रुमिङ एवं प्रशिक्षण बाहेक सहभागीहरूले यस पटकको प्रतियोगितामा समेटिएका विभिन्न उपाधिका लागि पनि आफ्नो प्रस्तुति दिइसकेका छन्, जसमा विजेता भएकाहरूको नाम फाइनल इभेन्टबीच घोषणा गरिनेछ । मिस नेपालका विभिन्न उपाधिअन्तर्गत मिस फोटोजेनिक, वेष्ट कम्लेक्सन, मिस इन्टिलेक्चुयल, मिस कन्फिडेन्ट, बेस्ट हेयर, मिस ट्यालेन्ट आदि एवार्डका लागि प्रतिस्पर्धा एवं मूल्यांकन सम्पन्न भैसकेको छ । 

प्रकाशित :वैशाख २५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्