विमलेस अमेरिकाको चर्चित ब्राण्डेड स्टोरकास्टाइल एम्बेसडर

- साप्ताहिक संवाददाता

वैशाख २४, २०७६

मोडल तथा अभिनेता विमलेश अधिकारी अमेरिकाको लोकप्रिय ब्रान्डेड स्टोर मेसिजका लागि स्टाइल एम्बेसडर नियुक्त भएका छन् । तीन वर्ष देखि अमेरिकामा बस्दै आएका विमलेशले दुई सय भन्दा बेसी म्युजिक भिडियो तथा केही चलचित्रहरुमा अभिनय गरिसकेका छन् । 

र्‍याम्प मोडलका रुपमा फेसन क्षेत्रमा देखा परेका विमलेशले केही छापा तथा टेलिभिजन विज्ञापनमा पनि आफूलाई प्रस्तुत गरिसकेका छन् । स्टाइल एम्बेसडरका रुपमा विमलेशले मेसिजमा विक्री हुने ब्रान्डहरुको प्रवर्द्धन गर्नेछन् भने मेसिजको प्रचार सामाग्रीमा विमलेश स्टाइल एम्बेसडरका रुपमा फिचर हुनेछन् । 

सन् १८५८ मा स्थापना भएको मेसिज् अमेरिकाको सर्वाधीक लोकप्रिय ब्रान्डेड डिपार्टमेन्टल स्टोर मध्येको एक हो । विश्व प्रसिद्ध फेसन ब्रान्डहरु उपलब्ध हुने यो स्टोरको अमेरिकाभरिमा सात सय चालिस वटा शाखाहरु छन् । यसले अनलाइन शपिङको सुविधा पनि प्रदान गर्दै आएको छ ।

प्रकाशित :वैशाख २४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्