सम्बन्ध लभ यूबाट सुरु भएर विलिभ मी हुँदै लिभ मीमा गएर टुंगिदो रहेछ

- भूतको भिनाजु

वैशाख २४, २०७६

 

 

सम्बन्ध लभ यूबाट सुरु भएर विलिभ मी हुँदै लिभ मीमा गएर टुंगिदो रहेछ ।

कति स्वार्थी छन् मानिसहरू

विश्वास तोड्छन्

व्यवहार बदल्छन् 

माया गर्छन् 

साथ छोड्छन् 

खुब रुवाउँछन्

अनि भन्छन्—

मैले के गरेको छु र ?

गितारको ट्याटु शरीरमा बनाउनेहरूलाई एउटै प्रश्न

कन्याउँदा त्यो गितार बज्छ कि नाइँ ??

ऊ : बाबा ! तिमी के गर्दै छौ ?

म : ओछ्यानमा बसेर पिज्जा खाँदैछु ।

ऊ : यसो सोच त, यस्तो जाडो मौसम छ, त्यस्तै रोमान्टिक पनि छ । अनि ओछ्यानमा केवल तिमी र म छौं । अब भन त तिमी के गर्छौ ?

म : पिज्जा किन्न जान्छु ।

तिमीभन्दा एक दिन कम जिउन चाहन्छु म, किनभने मैले तिम्रो साथबिना एकपल पनि जिउन नपरोस् ।

नेपाल दुई ढुंगाबीचको तरुल भन्दै पढियो, अनि त्यही तरुललाई उसिनेर खाएपछि यत्रो हुन्छ त देशको प्रगति ।

आफ्नो शरीरलाई कुपोषणले ग्रस्त बनाउँदा जिरो फिगर नाम दिने केटीलाई केटो भने सिक्स प्याक भएको चाहिने रे ।

नुहाउन भनेर आँगनमा आगो बालेर पानी तताएको भुराभुरीहरू रमाएर उफ्रिन थाले । अंकल खसी काट्ने हो रे... हदै गर्छन् यार ।

सुरुमा च्याटिङ

अनि सेटिङ

अनि भेटिङ

अनि डेटिङ

त्यसपछि प्यास मेटिङ

अनि लास्टमा हेटिङ—

आजकालको लभ स्टोरी ।

आई लभ यू भन्न नजानेर

आलबु भन्नेले पाँचवटी केटी पट्याइसकेछ 

आफू भने बुङ्गाको बुङ्गै ।

गोजीमा सुक्को नहुने मान्छेको केही काम छैन भन्ने गीत पनि हटाउनुपर्‍यो सरकार ! हामी बेरोजगारहरूको मानहानि भयो ।

डेटिङमा गर्लफ्रेन्डको लात खाएपछि आज त लेग पिस खाइयो भन्नेहरूको कमी छैन यो संसारमा ।

धन्न लक्ष्मीप्रसाद देवकोटा उहिल्यै जन्मिएछन् । अहिले भएका भए मदनलाई किन भोट पठाइस्, अस्ट्रेलिया किन पठाइनस् भनेर उधुम मच्चिन्थ्यो होला ।

धनुष भाँचेर रामले सीता पाए ।

तिमीलाई पाउन मैले क–कसको करङ भाँच्नुपर्ने हो ?

बिहेमा बेहुलाको जुत्ता लुकाइदिनुको अर्थ बेहुलालाई अन्तिम मौका दिइएको हो, आफ्नो जिन्दगी बर्बाद गराउनुभन्दा खाली खुट्टा भएपनि भाग । 

स्कुल पढ्दा मिसले भन्नुहुन्थ्यो– पिरियडभन्दा अगाडि अनि पछाडि जति रमाइलो गर्नुछ गर, साला त्यो कुराको मतलब अहिले आएर बल्ल बुझ्दैछु ।

गर्लफ्रेण्डले मनको कुरा यसरी बुझोस्, जसरी फार्मेसी वालाले डाक्टरको ह्याण्डराइटिङ बुझ्छ ।

स्कुटर चढ्छ भनेर नहेप मलाई, गोरु चढ्ने भगवान शिवले पनि सती र पार्वती पट्याएको कुरा पुराणमा लेख्या छ ।

आज झुक्किएर सनफ्लावर तेल केशमा लगाएछु, घाम जता जान्छ केश त्यतै गएर हैरान भएको छु ।

अनपढ पनि यति भैयो कि मोबाइलको लक खोल्न पनि औंठाछाप लगाउनु पर्‍या छ । 

चुइगम चपाउँदा–चपाउँदै पेटले पनि सोच्छ होला– के खा’को होला, तल आउँदैन त ? 

म : तिम्रो नाम के हो ? 

उनी : श्रुति अनि तिम्रो ?

म : मेरो चाहिँ चुना । 

गहिराइदेखि डर लाग्छ हजुर, त्यसैले चिया पनि थालमा खान्छु । 

फेरि कसले हल्ला चलाएछ– नोकिया मोबाइलमा हात मिलाउने तिमी र म हो भनेर । 

मल नहालेको तोरी र आमाले दुई चार मुठी जगल्टा नउखेलेकी छोरी काम लाग्दैनन् ।

 

प्रकाशित :वैशाख २४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्