सावित्रा र अनिता भारतमा

- साप्ताहिक संवाददाता

वैशाख २४, २०७६

नेपाली महिला फुटबलमा अब व्यवसायिकता पनि सुरु भएको छ, त्यो पनि विदेशमा । हालसालै सावित्रा भण्डारी र अनिता वस्नेत व्यवसायिक फुटबल खेल्न भारत गएका छन् । उनीहरूले महिलाको भारतीय लिग खेल्नेछन् र उनीहरूको क्लब हो— सेतु फुटबल । यो नेपाली महिला फुटबलका लागि निकै सुखद समाचार हो । 

केही समयअघि मात्र सम्पन्न हिरो गोल्डकप र साफ च्याम्पियनसिपमा यी दुवै खेलाडीले राम्रो खेले । उनीहरूको खेलबाट भारतीय टिम पनि प्रभावित थियो । त्यसैले स्ट्राइकर सावित्रा र मिडफिल्डर अनिताको भाग्य खुलेको हो ।

भारतीय लिग अर्को महिना सुरु हुनेछ । यसअघि फुटसल नै सही, यिनै सावित्रा र अनिताले माल्दिभ्समा पनि व्यवसायिक खेल खेलिसकेका छन् । 

प्रकाशित :वैशाख २४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्