बसन्त र बर्षाको ‘चट्ट पियारी’

- साप्ताहिक संवाददाता

वैशाख २३, २०७६

 

बसन्त अर्यालको ‘चट्ट पियारी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डान्सिङ प्याटर्नको उक्त गीतको शब्द र संगीत स्वयं गायक अर्यालको छ ।

सार्बजनिक गीतमा गायक अर्याललाई बर्षा अर्यालले साथ दिएकी छिन् । संगीतकार राजन इशानको संगीत संयोजन रहेको यस गीतमा विशेष गरी दारी पालेका युवाको प्रेमलाई रोचक ढंगले समावेश गरिएको छ । भिडियोमा बिनु शाक्य र विशाल थापा र रिजोइस गुरुङलाई अभिनय गराइएको छ ।

भिडियोलाई सेलिब्रेटी नेपालले निर्माण गरेको हो भने लिगेश भट्टराईले निर्देशन गरेका हुन् । राम कुमार केसीले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन र कलर संयोजन गरेका हुन् ।

भिडियोलाइ काभ्रे जिल्लाको रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।

यस्तो छ भिडियो

प्रकाशित :वैशाख २३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्