प्रोड्युसर कटरिना

- साप्ताहिक संवाददाता

वैशाख २३, २०७६

बलिउड अभिनेत्री कटरिना कैफले कन्टेन्ट डेभलप गर्न आफू सधैं उत्साहित हुने कुरा बताएकी छिन् । उनले आफू फिल्म प्रोड्युसर बन्न चाहेको खुलासासमेत गरेकी छिन् । टेलिभिजनको एक शोमा कटरिनाले फिल्म प्रोडक्सनमा आफ्नो रुचि तथा सोचलाई लिएर कुराकानी गरिन् ।

अभिनेत्रीका रूपमा कटरिनाका जबरजस्त फ्यान फ्लोइङ छ । शोकी होस्ट अनाइता श्राफ अदाजानियाले भविष्यको योजनाका सम्बन्धमा प्रश्न गरेपछि कटरिनाले आफू प्रोड्युसर बन्न चाहेको कुरा बताएकी थिइन् । अनुष्का शर्मा र दीपिका पादुकोणलाई निजी प्रोडक्सन हाउसका लागि बधाई दिँदै कटरिनाले भनिन्, ‘कन्टेन्टको विकासका लागि म उत्साहित रहन्छु, म निर्माता बन्न चाहन्छु र जिम्मेवारी लिन चाहन्छु ।’

कटरिना सलमान खानको चलचित्र ‘भारत’मा देखिँदै छिन् । यसलाई अलि अब्बास जफरले निर्देशन गरेका छन् । यो चलचित्र सन् २०१४ मा आएको साउथ कोरियन फिल्म ‘ओड टु माई फादर’को अफिसियल रिमेक हो । ‘भारत’पछि कैटरिना निर्माता रोहित सेठ्ठीको चलचित्र ‘सूर्यवंशी’मा देखिँदैछिन् जसमा उनले अक्षयकुमारसँग स्क्रिन सेयर गरेकी छिन् । 

प्रकाशित :वैशाख २३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्