गायिका इन्दिरा भट्टराईको नयाँ गीत 

- साप्ताहिक संवाददाता

वैशाख २३, २०७६

गायिका इन्दिरा भट्टराईको ‘तिमी हाँस्दा हासौंला’ बोलको गीत सार्वजनिक भएको छ । इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीत यसै साता यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

देउडा भाकाका गीतबाट डेढ दशकअघि नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका भट्टराईले कयौं गीत गाइसकेकी छिन् । आधुनिक गीत–संगीतकी सर्जक भट्टराईले गाएको ‘तिमी हाँस्दा हासौंला’ गीतमा सुवास खनालको शब्द, लालबहादुर सुब्बाको संगीत र सविन लिम्बूको संगीत संयोजन रहेको छ । 

वियोगान्त गीतको म्यूजिक भिडियोको निर्देशन दीपक जोशीले गरेका छन् । तिलक फिल्म्स्को पोस्ट प्रडक्सन रहेको गीतको म्यूजिक भिडियोमा दीपक जोशी र करिना श्रेष्ठले अभिनय गरेका छन् । म्यूजिक भिडियोको छायाङ्कन महेश महराले गरेका हुन् ।

गीतको म्यूजिक भिडियो :

प्रकाशित :वैशाख २३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्