आशावादी पुष्प

- साप्ताहिक संवाददाता

वैशाख २३, २०७६

अभिनेता पुष्प खड्काका लागि यो वर्ष लक्की हुने सम्भावना छ । नवल नेपालको चलचित्र ‘मंगलम’ सफल भएपछि उनले पछाडि फर्किएर हेर्नुपरेको छैन । यो वर्ष उनले अभिनय गरेका दुई ठूला चलचित्र प्रदर्शनमा आउँदैछन् ।

मह सञ्चारको चलचित्र दाल भात तरकारीमा उनी मुख्य भूमिकामा छन् । यो चलचित्रको सफलतासँग आफ्नो अभिनय करियरको भविष्य जोडिएको पुष्पले बुझेका छन् । चलचित्रमा उनले हरिवंश आचार्य र निरुता सिंहको छोराको भूमिका निर्वाह गरेका छन् ।

आँचल शर्माले उनलाई जोडीका रूपमा साथ दिएकी छिन् । दाल भात तरकारी प्रदर्शन भएको चार महिनापछि पुष्पको नयाँ चलचित्र ‘मारुनी’ प्रदर्शनमा आउनेछ । उक्त चलचित्रमा पुष्पले साम्राज्ञी राज्यलक्ष्मी शाहसँग अनस्क्रिन रोमान्स   गरेका छन् । 

प्रकाशित :वैशाख २३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्