आमा @ ट्विट

- साप्ताहिक संवाददाता

वैशाख २१, २०७६

आमाको मुख हेर्ने दिन भन्दैमा सामाजिक सञ्जालभरि आमाको फोटो पोस्टिने चलन कसले चलायो ?

इन्दु

एकसाथ दुईवटा जुनको उपस्थिति असम्भव छ, त्यसैले आमाको मुख हेर्ने दिन औंसीमा पर्छ । सबै आमाहरूमा नमन ।

प्रेम घर्ती

सानोमा आमाको मुख हेर्ने दिन बाबासँग पैसा मागेर मिठाई किनेर ख्वाइन्थ्यो, तर आज आफैसँग पैसा छ मिठाई किन्नलाई, तर आमा साथमा छैनन् ।

छायाँ

साँच्चै आफ्नी आमालाई ममी, मम् भन्नेहरूले आमाको मुख हेर्ने दिन के भनेर हेर्छन् होला ?

स्वाभिमानी

हाम्री आमा वृद्धाश्रममा छैनन् जसको मुख वर्षमा एक दिन हेर्नु परोस्, घरमा भएकी आमाको मुख हँसिलो बनाएर हेर्न मलाई ३ सय ६५ दिन नै आमाको मुख हेर्ने दिन आउँछ ।

पंकज

कहिल्लै नरिसाउने, कहिल्लै अँध्यारो अनुहार नहुने पूर्णिमाजस्तै उज्यालो मन भएकी आमाको मुख हेर्ने दिनचाहिँ किन औंसीमा पर्छ ?

मञ्जरी

आजको दिन मात्र होइन, हरेक दिन खुसी रहून् हरेक आमा । हरेक सन्ततिलाई सौभाग्य मिलोस्— आमाको काख, साथ अनि आमाको मुख हेर्ने दिनको– शुभकामना ।

लक्ष्मी श्रेष्ठ

म आमाबाट टाढा भएर के भो त ? मेरा लागि ३ सय ६५ दिन नै आमाको पूजा गर्ने दिन हुन् । 

भौंतारिएको मान्छे यो आमाको मुख हेर्ने दिन हो, फेसबुकमा अरूलाई आमाको अनुहार देखाउने दिन होइन ।

विश्वजित

आमाबाबाको मुख हेर्ने हरेक औंसी–पुर्णेले उही शोकको घाउ अझ बल्झाइदिँदो रहेछ । 

भुन्टी

आज त आमाको मुख हेर्ने दिन पो रहेछ त है ! एकाबिहानै आमा कराउँदै छिटो उठ न हौ, केही अर्‍हाएर माइत जानुपर्ने भन्दै हुनुहुन्थ्यो, साँच्चै कति खुसि देखिनुहुथ्यो आमा ?

गफाडी

नयाँ लुगा किन्न दसैं नै आउनुपर्छ भन्ने छैन, आफ्नी आमा सम्झिन आमाको मुख हेर्ने दिन नै आउनुपर्छ भन्ने छैन । आमाप्रतिको माया एक दिनका लागि मात्र होइन ।

पुष्पा श्रेष्ठ

वर्षभरि आफ्नी आमाको हालखबरसम्म नसोध्ने छोरो आमाको मुख हेर्ने दिन आमाका बारेमा ट्विट पोस्ट गरेर श्रवणकुमार बन्न खोज्दैछ ।

म नेपाली

आमाको मुख हेर्ने दिन सँघारमा छ, तर म... आमाबिना टुहुरिएँ, आमा हुनेहरू कति भाग्यमानी... तिमीहरू आफ्नी आमालाई नरुवाऊ है ।

चन्दा घिमिरे

प्रकाशित :वैशाख २१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्