कुन देशमा कहिले सम्झिन्छ आमालाई

- साप्ताहिक संवाददाता

वैशाख २१, २०७६

आफूलाई जन्म दिने आमा सबैलाई प्यारी लाग्छिन् । आमाका सम्बन्धमा नकारात्मक दृष्टि राख्ने सन्तान संसारमा सायदै हुन्छन् । सँगै रहेका सन्तान हुन् वा टाढा रहेका, सबैले दैनिक एकपटक आफ्नी आमालाई सम्झिएकै हुन्छन् । यद्यपि विश्वका धेरै देशमा सबैले एकैपटक सम्झना गर्ने छुट्टै आमा दिवस अर्थात् मदर डे नै तोकेका छन् । यसरी फरक–फरक समयमा, फरक सन्दर्भमा आमालाई संसारभर सम्झना गरिएको पाइन्छ । 

नेपालमा हिन्दू धर्मावलम्बीहरूले वैशाख कृष्णपक्षको औंसीको दिन आमाको मुख हेर्ने दिनका रूपमा मदर्स डे मनाउँछन् । यो दिनलाई मातातीर्थ औंसी पनि भनिन्छ । यो दिन आमा हुनेले बिहान उठेर आमालाई ढोगभेट गरी आफ्नै हातले बनाएको परिकार ख्वाउने चलन छ भने आमाको मृत्यु भैसकेकाहरूले भने विभिन्न मन्दिरमा पुगेर आमालाई सम्झँदै पूजापाठ गर्छन् । 

कुन देशले कहिले मनाउँछन् आमा दिवस ?

    नर्वेमा फेब्रुअरीको दोस्रो आइतबार 

जर्जियामा ३ मार्च 

अफगानिस्तान, अल्वानिया, अमेरिका, अजरबैजन, बेलारुस, बोस्निया हर्जगोविना, बुल्गेरिया, बुरुन्डी, ब्रकिनाफासो, काजकस्तान, कोसोभो, लाओस, म्यासेडोनिया, मोल्डोभा मोन्टेनिग्रो रोमानीया, सार्विया, उज्वेकिस्तान तथा भियतनाममा ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । 

    आयरल्यान्ड, नाइजेरिया, युके आदिमा मार्चको चौथो आइतबार मोदरिङ सन्डेका रूपमा मनाइन्छ । 

    २० वटा अरेबियन देशमा मार्च २१ का दिन आमालाई सम्झिइन्छ । 

    स्लोभानियामा २५ मार्चलाई आमालाई सम्झने दिनका रूपमा लिइन्छ । 

    अर्मेनियामा ७ अप्रिलको दिन मातृत्व तथा सुन्दरता दिवस मनाइन्छ । 

    अंगोला, हंगेरी, मोजाम्बिक, पोर्चुगल तथा स्पेनमा मे महिनाको पहिलो शनिबार आमाको सम्झना गरिन्छ । 

    साउथ कोरियामा ८ मेलाई अभिभावक दिवसका रूपमा मनाइन्छ, जसमा विशेष गरी आमालाई मुख्य अभिभावक मानिन्छ । 

    सबैभन्दा बढी देशले मेको दोस्रो आइतबारलाई आमा सम्झने दिनका रूपमा लिन्छन् । छिमेकी देश भारत, पाकिस्तान, बंगलादेश, अमेरिका आदि करिब ९५ वटा देशले यो दिनलाई आमा विशेषका रूपमा मनाउने चलन छ । 

    पोर्चुगल– १५ मे

    रसिया– १९ मे

    इजरायल– २२ मे

    पोल्यान्ड– २६ मे

    बोलिभिया– २७ मे

    अल्जेरिया, क्यामरुन, डोमेनिकन रिपब्लिक, फ्रान्स, माले, मोरक्को, नाइजेरिया, हैटी, सेनेगल, स्वीडेन तथा ट्युनिसियाले मेको अन्तिम सन्डेलाई आमा सम्झने दिवसका रूपमा मनाउँछन् । 

    मंगोलियामा १ जुनमा आमा तथा बच्चा दिवसका मनाइन्छ । 

    लक्जेम्बर्गमा जुनको दोस्रो आइतबार तथा साउथ सुडानमा जुलाईको पहिलो सोमबार आमा दिवस मनाइन्छ 

    थाइल्यान्डमा १२ अगस्टमा त्यहाँकी रानीको जन्मदिनका दिन आमाको सम्झना गरिन्छ । 

    कोस्टारिका र बेल्जियममा– १५ अगस्टमा 

    १४ अक्टोबरमा बुल्गेरिया

    मालावीमा १५ अक्टोबर

    अर्जेन्टिनामा अक्टोबरको तेस्रो आइतबार

    टिमोरलिस्टेमा ३ नोभेम्बर

    नर्थ कोरियामा १६ नोभेम्बर

    पानामामा ८ डिसेम्बर

    इन्डोनेसियामा २२ डिसेम्बर

प्रकाशित :वैशाख २१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्