सुरक्षित पासवर्डका लागि

- साप्ताहिक संवाददाता

वैशाख १९, २०७६

    भुलेर पनि सामान्य १२३, ०००, Abcd, आफ्नो ठाउँको नाम जस्ता पासवर्ड राख्नु हुँदैन । ह्याकरले सबैभन्दा पहिले यस्तै पासवर्ड प्रयोग गर्छन् । 

    जति लामो र विशेष नाम भएको पासवर्ड राखिन्छ, उति नै सुरक्षित हुन्छ ।

    आफ्नी श्रीमती, सन्तान, आफूबाट बारम्बार दोहोरिएर बोलिने शब्द तथा आफ्नो नामलाई कहिल्यै पासवर्ड बनाउनु हुँदैन । यस्ता पासवर्ड आफ्नो परिवारलाई नजिकबाट चिन्ने ह्याकरले सजिलै थाहा पाउन सक्छन् । 

    अंग्रेजी अक्षर वा नम्बरको पासवर्ड राख्दा बीचमा अर्को कुनै भाषाको एक–दुईवटा अक्षर घुसाइयो भने पासवर्ड सुरक्षित हुन्छ ।

    कुनै पनि ठाउँमा पासवर्ड लेखेर राख्नु हुँदैन । यदि राख्नैपर्ने भयो भने कसैले अनुमान लगाउन नसक्ने गरी उल्टोपाल्टो वा बीचमा सम्झने गरी अन्य अक्षरहरू थपेर राख्नुपर्छ ।

 

प्रकाशित :वैशाख १९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्