भिडियोमा विदेशको पिडा

- अनोज रोक्का

वैशाख १९, २०७६

 

तस्बिरमा देखिएको चिल्लो सडक र आलिशान भवनबाट धेरैले विदेशप्रति आफ्नो धारणा बनाउँछन् । गाउँघरमा विदेश जानेको तातिले नजानेहरुप्रति हिनताबोधको विकास क्रमश भईरहेको छ । भर्खरै सार्वजनिक भिडियोमा विदेशको पिडा र मनोभावनालाई दृश्य, गायकी र शब्द मार्फत प्रस्तुत गरिएको छ ।

'परदेशी आऊ है फर्केर' बोलको गीतमा आफ्नो परिवारका सदस्य टाढा हुँदाको पिडा र विदेशमा भोग्नु परेको मर्माहतलाई जीवन, सुनिता, सुकमित, रोजिना लगायतका कलाकारहरुले जिवन्त बनाएका छन् । भिडियो कसम नेपालको निर्देशन, विवेक खड्काको छायाङकन, प्रविन श्रेष्ठको सम्पादनमा तयार भएको छ ।

कृपा दृश्य डिजिटल स्टुडियामा रेकर्ड भएको गीत गायक शिव लामिछाने (सिवाज) ले गाएका हुन् । बराह ज्वेलरी ईष्डष्ट्रिजका अध्यक्ष समेत रहेका लामिछाने सफल ब्यवसायसँगै संगितकर्ममा निरन्तर जुटिरहेका छन् । उनको अध्यक्षतामा रहेको बराह कम्पनीले अहिले नेपालका विभिन्न शहरहरुसँगै विदेशमा युके, हङकङ, दुबई लगायतका देशहरुमा आफ्नो शाखा विस्तार गरिसकेको छ ।

यस्तो छ भिडियो

प्रकाशित :वैशाख १९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्