पश्चिमोत्तानासन

- लोकनाथ खनाल, योग प्रशिक्षक

वैशाख १७, २०७६

 

    गोडा पसारेर सीधा बस्ने ।  श्वास तान्दै दुवै हात माथि लाने । 

    श्वास छाड्दै हातले गोडाका बूढी औंला समाउने । 

 

    पञ्जालाई आफूतिर तान्दै हातका दुवै कुहिनाले जमिन छुने । 

    निधारले घुँडा छुने । 

    पूरा अगाडि झुक्ने, नसक्नेले बिस्तारै प्रयत्न गर्ने । 

    पुनः श्वास तान्दै माथितिर छाड्ने । 

    मोटोपनका रोगीहरूले निरन्तर ५ मिनेटसम्म यो अभ्यास गर्नुपर्छ ।

लाभ

    मोटोपन तथा अन्य रोगमा पनि उपयोगी हुन्छ । 

    महिलाहरूको आङ खस्ने समस्यामा लाभ मिल्छ । 

    प्रजनन क्षमता वृद्धि हुन्छ । 

 बालबालिकाको शारीरिक विकास हुनुका साथै आँखाको क्षमता वृद्धि हुन्छ । 

 ठराग्नी बलियो हुन्छ । 

 वीर्यसम्बन्धी विकारहरू समाप्त हुन्छन् । 

प्रकाशित :वैशाख १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्