हङकङमा ४ दिने ब्यापार मेला

- अनोज रोक्का

वैशाख १५, २०७६

नेपाली हस्तकला र उत्पादिन हर्वललाई अन्र्तराष्ट्रियकरण गर्ने हेतुले हङकङमा ४ दिने ब्यापार मेला हिजोबाट शुरु भएको छ । संसारभरका उत्पादनहरुलाई किन्ने बेच्ने र प्रर्दशनी गर्ने थलो हङकङ वानचाई कन्भेसन एण्ड एक्जिविशन हलमा नेपालले आफ्नो प्रर्दशनी राखेको हो ।

प्रर्दशनीमा नेपाली पहिचान बोकेका मौलिक उत्पादनहरु हस्तकला, हर्वल, मुर्तिकला, कपडा लगायतका सामाग्रीहरु राखिएको छ । हङकङ नेपाली ब्यापार संघले आयोजना गरेको प्रर्दशनी मेलामा नेपाली महावाणिज्य दूतावास हङकङ र द गोर्खाज ग्रुप च्यारिटी फाउन्डेशनले सहकार्य गरेका छन् । भिजिट नेपाल २०२० लाई थप टेवा पुर्याउँनका लागि दुतावासबाट एउटा स्टल राखिएको छ, जहाँ नेपालको प्रचारप्रसारका विभिन्न सामाग्रीहरु राखिएका छन् । 

प्रर्दशनीमा विदेशीहरुको चासो उल्लेख रहेको आयोजकहरु बताउँछन् । नेपालमा लगानी भित्राउँनका लागि चीन, मकाउ र हङकङमा ब्यवसायसँगै पर्यटन प्रर्वद्धनमा लागेका हङकङ नेपाली ब्यापार संघका अध्यक्ष प्रकाश पुन भन्छन् हस्तकला र मुर्तिकलाका सामाग्रीहरु किन्ने र चाँसो राख्नेहरुको जमातले नेपाली उत्पादनहरुको बजारलाई अन्तराष्ट्रिकरण गर्न थप बल पुगेको छ । नेपाली उत्पादन संसारमै मैलिक र भिन्न रहेको छ, हामीले अव यसको अन्तराष्ट्रियरुपमा पहिचानसँगै मास प्रडक्समा गए्र बजार विस्तृतीकरण लाग्नु पर्दछ, उनी भन्छन् ।

प्रर्दशनीमा हङकङलाई कर्मथलो बनाएका व्यवसायी, विभिन्न संघसस्थाका प्रतिनिधी, विद्यार्थी लगायत विदेशीहरुको ब्यापक सहभागीता भईरहेको छ ।

 

प्रकाशित :वैशाख १५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्