छक्कापन्जा २ : एभेन्जर्सले सास फेर्न पनि दिएन, क्या करिङ्गे दिपकजी आप ?

- रामजी ज्ञवाली

वैशाख १३, २०७६

 

डेढ बर्ष अगाडि सार्वजनिक भएको चलचित्र 'छक्का पन्जा २' लाई काठमाण्डौंका मल्टिप्लेक्सले हलनै दिएन । हिजोसम्म निकै हल्ला पिटेका दिपकराजले यो कुरा थाहा पाएपछि बिहानै स्ट्याटस राखे, 'छक्का पन्जा २, उपत्यका बाहिरको ५० हल र उपत्यका भित्रका सिंगल स्टेशनहरूमा मात्रै लाग्दैछ ।' तर, उनको स्ट्याटसमा आएका अधिकांस कमेन्ट निकै नकारात्मक किसिमका छन् ।

कमेन्ट १ :  एउटा उखु जुस पसलेले ४–५ पटक उखु मेसिनमा राखेर पेल्छ । अनि, त्यो खोस्टा फ्याक्छ । फ्याकेको खोस्टा पुन जुस आउँछ कि भनेर पेल्दैन, त्यसलाई मल बनाउन मलखादमा प्याक्छ ।

कमेन्ट २ :  समाजसेवाको नाम राखेर जनतालाई इमोसनल ब्ल्याकमेल गरी ठगि धन्दा बन्द गरियोस् । रबि दाजु र समाज सेवाको नाम राखेर मागिखाने भाडो भनाउने लाई गाली होइन सिधै झापड हान्दा पनि फरक पर्दैन । हिजो करोडौं कमायौं भनेर फुर्ति गर्नेले चुपचापले किन सहयोग गर्न सकेन । सुरुमा नै नयाँ फिल्म चल्दा किन चुइक्क एक शब्द एक पैसा समाज सेवाको लागि जान्छ भनेर बोली फुटेन ? अनि आज आयर ?

कमेन्ट ३ : जता सुकै लागोस, आफू त बासी खाइन्न । ताजा खाना पस्केर देउ चाटि चाटि खाइन्छ ।

कमेन्ट ४ : मल्टीप्लेक्स मा त एभेन्जर्स ले सास फेर्न दीएन, क्या करीङ्गे आप ?

दिपकराजको स्ट्याटसमा आएका कमेन्ट मात्रै होइन चलचित्र क्षेत्रमा समेत दिपकराजले फेरी एकपटक आफ्नो दम्भ प्रस्तुत गर्न खोजेका थिए, तर सफल भएनन् भन्दै कुरा काटिएको छ ।  काठमाण्डौंका मन्टिप्लेक्समा त यो चलचित्र चलेननै, सिंगल थियटरमा पनि दर्शक भेट्टाउन मुस्किल पर्छ । दोस्रोपटक सार्वजनिक गरेर आउने रकम समाजसेवामा लगाउने बताएका दिपकराज र उनको टिमलाई यतिबेला निकै पिर परेको छ ।

हलिउडको चलचित्र एभेन्जर्स इन्ड गेम ले बक्स अफिसमा सुनामी नै ल्याएपछि शुक्रबार काठमाण्डौका कुनै पनि मल्टिप्लेक्समा छक्का पन्जा २ ले शोज नपाएको हो । शुक्रबार काठमाण्डौको क्यूएफएक्सले ए मेरो हजुर ३ लाई ३ शोज दिएपनि अरु सबै हल एभेन्जर्सलाई दिएको छ ।

चलचित्रको रि–रिलिजबाट राम्रै व्यापार हुने अपेक्षा गरिएपनि अहिले भने दिपकराज असफल भएका छन् । एभेन्जर्सको सुनामीमा परेको छक्कापन्जा काठमाण्डौं बाहिर पनि नचलेको वजारमा हल्ला छ, बाँकी दिपकराजले केहि दिनमा स्ट्याटस राखे भने पक्कैपनि थाहा होला ।

 

प्रकाशित :वैशाख १३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्