अभिनेता सुदर्शन गौतमबिरुद्ध रेड कर्नर नोटिस

- रामजी ज्ञवाली

वैशाख १३, २०७६

 

नेपालबाट झण्डैं एक दर्जन मुलुक हुँदै अमेरिकामा मानव तस्करी गरेको आरोप लागेका अभिनेता सुदर्शन गौतमविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । झण्डैं ८ महिनाको प्रक्रियापछि गौतमलाई पक्राउ गर्न प्रहरीले यो कदम चालेको हो ।

क्यानडामा बस्दै तस्करीको काम गर्दै आएका गौतमले केहि बर्षअघि नेपालमा आएर चलचित्र हिम्मतवाली चलचित्र निर्माण गरेका थिए, त्यति मात्रै हैन आफै चलचित्रमा हिरोको रुपमा समेत देखिएका थिए ।

प्रहरी महानिरीक्षक (आइजिपी) सचिवालयका एसएसपी तथा इन्टरपोल शाखा प्रमुख उमेश जोशीका अनुसार रेड कर्नर नोटिस जारी भएसँगै इन्टरपोल सदस्य १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन् ।

गौतमको समूहले तीन नेपाली युवतीलाई अमेरिका लैजाने वहानामा विभिन्न देश हुँदै हाइटीमा पु-याएका थिए, यद्यपी उनिहरु हाइटीमै अलपत्र परेपछि गौतमको कालो कर्तुत बाहिर आएको थियो । अमेरिका लैजाने क्रममा त्यसबेला कतिपयको समुन्द्रमै निधन भएको थियो । चलचित्रको सुटिङको बहानामा उनीहरुलाई हाइटी लगिएको थियो ।

हाइटी हुँदै समुद्री बाटो भएर उनीहरुलाई अमेरिका इन्ट्रि गराउने योजना रहेपनि पानीजहाज बिग्रिएपछि बिच बाटोमै उनिहरु अलपत्र परेका थिए, त्यसै क्रममा बहामास भन्ने देशमा पक्राउ परेका थिए । पक्राउ परेका उनिहरुलाई अमेरिकी दूतावासको सहयोगमा नेपाल फर्काइएको थियो । अनुसन्धानका क्रममा गौतम मानव तस्कारका मुख्य व्यक्तीमध्येका एक रहेको देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

उनी आफै अदालत उपस्थित नभएपछि नेपाल प्रहरीले अन्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) लाई पत्राचार गरेको थियो । सोही पत्रको आधारमा उनीविरुद्ध रेड कर्नर नोटिस जारी गरिएको प्रहरीले जनाएको छ । सुर्दशन बिरुद्ध दर्जनौं नेपाली युवा–युवतीलाई अमेरिका लैजाने भन्दै ठगी गरेको आरोप छ ।

गौतमका केहि सहयोगी भने एक बर्ष अगाडीनै पक्राउ परेका थिए । गौतम क्यानडाका पिआर वाला व्यक्ती हुन् । दुबै हात गुमाएका अभिनेता गौतम केहि बर्षअघि सगरमाथा समेत चढेर चर्चामा आएका थिए । उनि निकट व्यक्तीहरुका अनुसार गौतम क्यानडामा बसेपनि लामो समयदेखी संकास्पद किसिमले विभिन्न काम गर्दै आएका थिए ।

यो पनि पढ्नुहोस

कहिल्यै नपुगिने अमेरिका : फिल्मी शैलीको दुर्दान्त घटना

प्रकाशित :वैशाख १३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्