‘विर विक्रम २’ को ट्रेलर सार्वजनिक

- साप्ताहिक संवाददाता

वैशाख १२, २०७६

 

आगामी जेष्ठ ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘विर विक्रम २’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरलाई दर्शकहरुले मन पराएका छन् ।

पल शाह, वर्षा सिवाकोटी, नाजीर हुसेन, बुद्धि तामाङ तथा बाल कलाकार क्रिजन गौतम लगायतका कलाकार अभिनित चलचित्रमा प्राय सम्पुर्ण कलाकार अटाएका छन् ।

यो चलचित्रको यसअघि सार्वजनिक गीतसंगीत र पोष्टरले दर्शकबाट उत्कृष्ट प्रक्रिया पाएको थियो । सोहि कारण पनि यो चलचित्रलाई २०७६ को प्रतिक्षित चलचित्र मानिएको छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण गरिएको चलचित्रमा देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, क्षितीज सुवेदी, मनिष लिम्बु लगायतका कलाकारको पनि अभिनय देख्न सकिनेछ । चलचित्रलाई मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जीत गजमेर, ताराप्रकाश लिम्बु र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन रहेको चलचित्र हिमाली भेगमा छायाँकन गरिएको छ । 

यस्तो छ ट्रेलर

प्रकाशित :वैशाख १२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्