अमिर पत्नीसँग सानो पर्दामा 

- साप्ताहिक संवाददाता

वैशाख ११, २०७६

आमिर खान एकपटक फेरि सानो पर्दामा पुनरागमन गर्दैछन् । सूत्रहरूका अनुसार टिभी शो ‘तुफान आलय’मार्फत आमिरले सानो पर्दामा इन्ट्री गर्न लागेका हुन् । यो शोको खास विशेषता यसमा आमिरका साथ उनकी पत्नी किरण राव पनि देखा पर्नु पनि हो ।

उनीहरू दुवै जनाले यो शोको होस्ट गर्नेछन् । आमिरको यो शो ‘पानी फाउन्डेसन’ को अभियानमा आधारित छ । यसमार्फत आमिर महाराष्ट्रका केही इलाकामा मानिसहरू कसरी सफा पानी खोजिरहेका छन् भन्ने कुरा बताउनेछन् ।

यो अभियानका क्रममा उनले महाराष्ट्रका कैयौं इलाकाको सर्भे गरेका छन् । ‘तुफान आलय’ मा ती सबै कथा देखाइनेछ । आमिरले यो शोसँग जोडिएको एक भिडियो पनि सोसल मिडियामा सेयर गरेका छन् ।

प्रकाशित :वैशाख ११, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्