पाठेघर झिकिएकी महिलासँग यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन  ? 

- डा.बालकृष्ण शाह

वैशाख १०, २०७६

पाठेघर झिकिएकी महिलासँग यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन ? 

                                                                      - ना.

पाठेघर झिकिएको भए पनि योनिमार्ग झिकिएको हुँदैन, तर आङ खसेर योनिमार्गबाट पाठेघर झिकिएको अवस्थामा योनिमार्ग सानो हुन सक्छ । त्यस्तो अवस्थामा यौनसम्पर्क गार्‍हो वा पीडादायक हुन सक्छ । अन्य अवस्थामा शल्यक्रिया गरेर पाठेघर झिकिए पनि यौनसम्पर्क गर्न मिल्ने र सामान्य हुन्छ ।

पाठेघरसँगै अण्डाशयहरू पनि झिकेको अवस्थामा वा पाठेघर झिकेको धेरै समयपछि कसै–कसैमा यौनसम्पर्क गर्दा चिप्लोपन कम भै पीडादायक हुन सक्छ, यद्यपि यसको उपचार सम्भव छ ।

डा.बालकृष्ण शाह

स्त्री तथा प्रसूति रोग विशेषज्ञ,

मोरङ सहकारी अस्पताल

प्रकाशित :वैशाख १०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्