अब म्युजिक भिडियोमा 

- साप्ताहिक संवाददाता

वैशाख १०, २०७६

एउटै चलचित्रमा अभिनय गरेर राम्रो सम्भावना देखाएउका कलाकार हुन्– मुकुन भुषाल । उनले विनोद पौडेलले निर्देशन गरेको चलचित्र ‘बुलबुल’मा पहिलो पटक अभिनय गरेका थिए । चलचित्रमा चोपेन्द्रको भूमीका  निर्वाह गरेका भुषालले राम्रो प्रतिकृया बटुलेका छन् । 

उनै अभिनेता मुकुन भुषाल अब म्यूजिक भिडियोमा देखिने भएका छन् । गणेश सेन्चुरीको गीतको म्यूजिक भिडियोमा अभिनय गरेको मुकुनले बताएका छन् ।

म्यूजिक भिडियोमा उनको जोडीका रुपमा सुरविना कार्की देखिने छिन् । 

चलचित्र ‘बुलबुल’ रिलिजपछि धेरैले म्यूजिक भिडियोमा अभिनयका लागि अफर गरेको बताउँने मुकुन यो म्यूजिक भिडियोमा मोडलिङ नभएर प्ले भएकाले अभिनय गरेको बताउँछन् । 

 

प्रकाशित :वैशाख १०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्