बैशाख २० बाट नेपाल लोक स्टारको मेगा अडिसन 

- साप्ताहिक संवाददाता

वैशाख १०, २०७६

प्रशारणको तयारिमा रहेको सिङगिङ रियालिटी शो ‘नेपाल लोक स्टार’को मेगा अडिसन यही वैशाख २० गतेबाट सुरु हुने भएको छ । सात प्रदेशका सात ठाउँ र डिजिटल अडिसनबाट छनोट भएका ३६३ जना प्रतिस्पर्धीले मेगा अडिसनमा सहभागिता जनाउने छन् । 

एपीवान एचडी टेलिभिजनको स्टुडियोमा हुने मेगा अडिसनको सात भाग १० दिनमा छायांकन गरिने आयोजक चाहना मिडियाका अध्यक्ष सहदेब कोइरालाले बताएका छन् । 

मेगा अडिसनबाट ७०–११० जना प्रतिस्पर्धीलाई छनोट गरिने छ । मेगा अडिसनमा चार जना निर्णायक जयनन्द लामा, रामजी खाँड, बीबी अनुरागी र सुनिता दुलालसँगै थप एक जना अतिथी निर्णायक पनि बस्ने अध्यक्ष कोइरालाले जानकारी दिए । 

‘नेपाल लोक स्टार’ जेठको अन्तिम अथवा असारको पहिलो सातादेखि एपीवान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । ३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रमको ३१ औं श्रृखंला फाइन हुनेछ । 

विजेताले करसहित नगद  ५० लाख रुपैयाँ पाउने छन् ।  आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित :वैशाख १०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्