यो वर्षको वसुन्धराश्री पुरस्कार महजोडीलाई 

- साप्ताहिक संवाददाता

वैशाख ९, २०७६

बसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तुल्याउन योगदान गरेबापत कलाकार श्रेष्ठलाई सम्मानपत्रसहित रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई अझ स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकासका खातिर काम गरेको भन्दै कलाकार एवं हास्यव्यङ्ग्यकार हरिवंश आचार्यलाई सम्मानपत्रसहित रु ५० हजार राशिको ‘मानश्री पुरस्कार’ प्रदान गर्ने भएको छ ।

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेक्रीको अध्यक्षतामा शुत्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।

 

प्रकाशित :वैशाख ९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्