रमित भर्सेस सुपुष्पा 

- साप्ताहिक संवाददाता

वैशाख ९, २०७६

चलचित्र रणवीरबाट रजतपटमा उदाएकी अभिनेत्री सुपुष्पा भट्टले अभिनेता रमित ढुंगानासँग अनस्क्रिन रोमान्स गर्न अस्वीकार गरेको कुरा यतिबेला चर्चामा छ । कुनै बेलाका लोकप्रिय अभिनेता रमित नयाँ चलचित्र राजा साहेबमा १८ लाख रुपैयाँ पारिश्रमिकमा अनुबन्धित भएका छन् ।

चलचित्रको निर्माण टोलिले अभिनेत्रीका रूपमा सुपुष्पासमक्ष प्रस्ताव राखेको थियो । यद्यपि, सुपुष्पाले उक्त चलचित्रको छायांकनका बेला आफ्नो परिक्षा पर्ने भन्दै प्रस्ताव अस्वीकार गरिन् । सुपुष्पाले परीक्षालाई कारण बनाए पनि उनी आफू भन्दा धेरै जेठा रमितसँग जोडी बन्न नचाहेको बताइन्छ ।

उमेर अन्तर धेरै देखिंदा जोडी नसुहाउने भएपछि सुपुष्पाले अभिनय गर्न नचाहेको हुनसक्छ । यद्यपि सुपुष्पाले भने उक्त अनुमानलाई गलत भनेकी छिन् । ‘उमेरका कारण मैले उहाँसंग अभिनय गर्न नचाहेकी होइन, सुपुष्पाको भनाइ छ— ‘चलचित्रमा मैले निर्वाह गर्नुपर्ने चरित्र राम्रो हुँदा–हुँदै पनि परीक्षा पर्ने भएकाले मैले काम नगर्ने भनेकी हुँ ।’

सुपुष्पाले आफू रमितको प्रशंसक भएको समेत बताएकी छिन् । रणवीर प्रदर्शन हुने समयमा सुपुष्पाले अभिनेता अनमोल केसीसँग स्प्राइटको टिभिसीमा काम गरेकी थिइन् । सुपुष्पाले भविष्यमा अनमोलसंग अनस्क्रिन रोमान्स गर्ने आफ्नो चाहना समेत उजागर गरेकी छिन् ।  

प्रकाशित :वैशाख ९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्