चलचित्र दयारानीको प्रिमियर हङकङबाट सुरु

- अनोज रोक्का

वैशाख ८, २०७६

 

नेपाली कथानक चलचित्र दयारानीलाई हङकङबाट वर्ल्ड प्रिमियर गरिने भएको छ । जुन ३० तारिकका दिन हङकङ स्थित युङलोङ थिएटरमा चलचित्रका लेखक तथा निर्देशक माओत्से गुरुङ, नायक दयाहाङ राईसहित चलचित्रको प्रिमियर गरिने भएको हो । हङकङलाई कर्मथलो बनाएका मोहन (टिला) गुरुङ निर्माता रहेको दयारानीमा नेपाल, जापान, युके लगायतका देशहरुबाट समेत साथीहरुको लगानी रहेको छ । 

चलचिक्र वीरवित्रमबाट अत्याधिक रुचाईएको जोडी दया र दीयालाई चलचित्र दयारानीमा श्रीमान श्रीमतीकोरुपमा प्रस्तुत गरिएको छ । दर्जन बढि नेपाली चलचित्र मा अभिनयसगै गुरुङ चलचित्रमा निर्देशनको अनुभव लिईसकेका माओत्सेको एकसाथ लेखन र निर्देशन रहेको नेपालीभाषी चलचित्र दयारानी पहिलो चलचित्र हो । 

गरिव, असहाय तथा जेहेन्दार बिद्यार्थीहरुको सहयोगार्थ प्रर्दशन गर्न लागिएको चलचित्र दयारानीमा विशुद्ध नेपाली कथा र अभिनयलाई पहिलो प्राथमिकता दिएको निर्माता मोहन गुरुङ् बताउछन् । नेपाली समाज र माटोको सुगन्ध छ फिल्ममा हामीले लगानीमा कन्जुस्याई गरेका छैनौं । माओत्सेले फिल्मलाई अझ मौलिख बनाएका छन् संसारभरि छरिएका नेपाली दर्शकहरुको आˆनो कथाको फिल्म बनेको छ गुरुङ थप्छन् । 

चलचित्र जेठ १० गतेबाट अल नेपाल रिलिज गर्ने तयारी थालिएको छ ।

 

प्रकाशित :वैशाख ८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्